महोत्तरीमा सडक दुर्घटनाले तीव्रता लिँदै

Mahottariii jilla

महोत्तरी । महोत्तरीमा सडक दुर्घटना भएसंगै मानवीय क्षति हुने क्रम तीव्रगतिमा बढिरहेको छ ।

चालू आर्थिक वर्ष २०७५/७६ को चैत पहिलो साताभित्र सडक दुर्घटनामा ३२ को मृत्यु भइसकेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

गत आर्थिक वर्ष २०७४/७५ को यसै अवधिमा २८ को सडक दुर्घटनामा मृत्यु भएको थियो । गत आवको कूल अवधिमा भने ८१ सवारी दुर्घटनाका घटनामा ४४ को मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका निरीक्षक प्रकाशबहादुर सिंहले जानकारी दिए ।

चालू आवको गत साउन १ गतेदेखि यही चैत पहिलो सातासम्म ६८ सवारी दुर्घटनाका घटना भएका छन् ।

घटनामध्ये ३६ मोटरसाइकल परेका र मृतकको सङ्ख्या पनि मोटरसाइकल चालक र सवार नै बढी रहेको प्रनि सिंहले बताए ।

मृतकमध्ये १६ वर्षदेखि ३० वर्ष उमेर समूहभित्रका ३२ परेका थिए । यस वर्ष पनि यो उमेर समूहभित्रका २५ को सवारी दुर्घटनामा परी मृत्यु भएको कार्यालयको अभिलेखमा उल्लेख छ ।

सवारी दुर्घटना धेरैजसो मध्याह्न १२ बजेदेखि साँझ ६ बजेसम्म बढी हुने गरेका पाइएको छ ।

सडक दुर्घटनामा गत आर्थिक वर्ष २०७४/७५ मा १४० र अहिले जारी आर्थिक वर्षको हालसम्मको अवधिमा ७० को अङ्गभङ्ग भएको छ ।

जिल्लामा सडक दुर्घटनाका घटना पूर्वपश्चिम राजमार्गको टुटेश्वर गणन्ता वनक्षेत्रमा बढी हुने गरेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...