मोटरसाईकल सर्भिसिङ्गमा हिँडेका वडाध्यक्ष तीन महिनादेखि वेपत्ता

Wada dhacchyasaa

बुटवल । अर्घाखाँचीको मालारानी गाउँपालिका-२ का वडाध्यक्ष तीन महिनादेखि वेपत्ता भएका छन् ।

गत पुस २ गते बिहान करिव ७ बजेको समयमा डाँडाकटेरी स्थित घरबाट निस्केका मालारानी–२ का वडाध्यक्ष विनोद भनेर परिचित विष्णुप्रसाद भुसाल हालसम्म बेपत्ता भएका हुन् ।

वडाध्यक्षका दाजु जीवलाल भुसालले अहिलेसम्म भाइ भेटिन नसकेको भन्दै राज्यले पनि खोजबिन कार्यमा ध्यान नदिएको आरोप लगाए ।

उनका अनुसार पुस २ गतेका दिन विहान वडाध्यक्ष भुसाल घरबाट आफ्नो लु १ ब १७४५ नम्वरको मोटरसाईकल सर्भिसिङ्ग गर्न जान्छु भन्दै हिँडेका थिए ।

सन्धिखर्कको गुन्टेखोलामा रहेको यामाहा स्वरुममा लगेर मोटरसाइकल पनि छाडेका थिए ।

प्रहरीका अनुसार त्यसदिन उनी सन्धिखर्कको बगैचामा रहेको सिसी क्याम्मरामा देखिएका थिए ।

दोश्रो दिन विहान बुटवल अस्पताल लाइनमा फुटपाथमा व्यापार गर्ने उनकै छिमेकी अस्मीता पाण्डेले उनलाई देखेकी थिइन् ।

भेट हुँदा अस्मितासँग पश्चिमतिर जाने बताएका उनी त्यसयता कसैको सम्पर्कमा नरहेको बताइएको छ ।

प्रतिकृया दिनुहोस