पिकअप र मोटरसाइकल एक-आपसमा ठोक्किँदा एक जनाको मृत्यु

Accident motor

दाङ । दाङमा पिकअपले मोटरसाइकललाई ठक्करदिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

तुलसीपुरबाट पश्चिमतर्फ जाँदै गरेको रा १ च ३४६ नम्बरको पिकअपले विपरीत दिशाबाट आउँदै गरेको बा ९७ प ८५६२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

दुर्घटनामा परी दंगिशरण गाउँपालिका-६ थापागाउँ निवासी १८ वर्षीय गोरख चौधरीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

चौधरीलाई राप्ती प्रादेशिक अस्पताल ल्याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए ।

दुर्घटना शनिबार बिहान पौने ७ बजेतिर भएको थियो ।

स्थानीय कमल वलीका अनुसार चौधरीलाई ठक्कर दिएलगत्तै पिकअपका चालकले गाडी भगाउँदै कुमलगडीसम्म र्पुयाएका थिए ।

तर त्यही क्रममा गाडी त्यहाँ फसेपछि चालक गाडी छोडेर भागेको हुँदा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट गएको प्रहरीले गाडी निकालेर ल्याउने प्रयास गरिरहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...