घर-घरमा धारा जडान, स्थानीय खुशी

सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु, चालकसहित ६ घाइते

Durghatana

विराटनगर । सवारी दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । उक्त दुर्घटनामा परी चालकसहित अन्य ६ जना घाइते भएका छन् ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मोरङको कानेपोखरी गाउँपालिका–७ मा शनिबार बिहान गुडिरहेको कन्टेनरमा टाटा सुमो ठोक्किँएको थियो ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ३ ख ६९१८ नम्बरको कन्टेनरमा सोही दिशाबाट आउँदै गरेको बा ११ च ७९४८ नम्बरको यात्रुबाहक टाटा सुमो बिहान ५ बजे ठोक्किएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक कमल बजगाईले जानकारी दिए ।

उनकाअनुसार काठमाडौंबाट यात्रु लिएर झापा जाँदै गरेको टाटा सुमो दुर्घटनामा परेको हो । दुर्घटनामा झापाको अर्जुनधारा नगरपालिका–४ का ४७ वर्षीय रामकुमार आछामी र झापाको गौरादह नगरपालिका–४ का ४५ वर्षीय प्रकाश मगरको मृत्यु भएको प्रहरी निरीक्षक बजगाईले बताए ।

आछामीको घटनास्थलमै र मगरको उपचारका लागि विराटनगरतर्फ ल्याउने क्रममा बीच बाटोमै मृत्यु भएको उनले जानकारी दिए ।

दुर्घटनामा घाइते हुनेमा गौरादह–४ की ५५ वर्षीया दुर्गा मगर, १४ वर्षीया प्रविका मगर, ३८ वर्षीया बबिता मगर, ४५ वर्षीय योगेश न्यौपाने र काभ्रेको भुमुटार नगरपालिका–८ का २७ वर्षीय रमेश तामाङ रहेका छन् ।

त्यसैगरी सुमो चालक झापाको दमक नगरपालिका–२ का ३७ वर्षीय कूलबहादुर रेग्मी पनि घाइते भएका छन् ।

घाइते मध्ये दुर्गा र प्रविकाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइते प्रविका र बबिता मृत्यु भएका प्रकाशका छोरी र श्रीमती हुन् ।

घाइते सबैको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

तीब्र गतिमा रहेको सुमो ओभरटेक गर्ने क्रममा अगाडि गुडिरहेको कन्टेनरमा ठोक्किएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

प्रहरीकाअनुसार कन्टेनर चालक चितवनको राप्ती नगरपालिका–२ का ४८ वर्षीय लक्ष्मण अधिकारी तथा टाटा सुमो र चालकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...