विप्लवलाई धक्का : हेमन्तप्रकाश ओलीसहित ९ जना पक्राउ

1542721058biplab

काठमाडौँ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका नेता हेमन्तप्रकाश ओली ‘सुदर्शन' सहित ९ जना पक्राउ परेका छन् ।

उनीहरूलाई काभ्रेको सुनकाेशी गाउँपालिका खानीखोलाबाट शुक्रबार राति महानगरीय अपराध महाशाखा, विशेष ब्युराे र जिल्ला प्रहरी कार्यालय काभ्रेकाे टाेलीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सुदर्शनसहित धर्मराज राजबाहक, रामकृष्ण खतिवडा, शंकर अधिकारी, विजय श्रेष्ठ, ललित तामाङ, सञ्जीव कार्की, देव घिमिरे र लाेकेन्द्र खड्का रहेका छन् ।

उनीहरूलाई अहिले काठमाडौं ल्याउँदै गरिएको एसपी केदार ढकालले बताए । नख्खु बम विस्फोटका प्रमुख योजनाकार मानिएका ओली पार्टीको मध्य केन्द्रीय कमाण्ड इन्चार्ज  हुन् ।

हाल विप्लव समूहको मध्य कमाण्डका इञ्चार्ज रहेका हेमन्तप्रकाश वली आफूलाई दार्शनिक नेता भन्न रुचाउँछन् । किताव र लेखहरु लेखिरहने उनी सरल जीवनशैलीका सोझा तर अध्ययनशील नेता मानिन्छन् ।

माओवादी सशस्त्र द्वन्द्वका समयमा उनी पार्टीको पोलिटब्यूरो सदस्यका साथै राप्ती ब्यूरो इञ्चार्जसमेत भए । जनयुद्धकालीन ३५ सीसीएममध्ये उनी पनि एक हुन् । उनी ०५४ सालदेखि माओवादीको केन्द्रीय कमिटीमा पुगेका हुन् । माओवादीले जनयुद्ध सुरु गर्दा उनी रुकुमको पार्टी प्रमुख (सचिव) थिए ।

हेमन्तप्रकाश माओवादीका युवा पुस्ताका सिनियर नेतामध्येका एक हुन् । जनार्दन शर्मा, नन्दकिशोर पुन पासाङ, लोकेन्द्र विष्ट, देवेन्द्र पौडेल, वर्षमान पुन, टोपबहादुर रायमाझी र नेत्रविक्रम चन्दकै समकालीन नेता मानिन्छन् हेमन्तप्रकाश ।

विप्लव समूहको तेस्रो वरियताका नेता पक्राउ पर्नुलाई प्रहरीले ठूलो सफलताका रुपमा लिएको छ । यसले उनीहरु कति कमजोर छन् भन्ने स्पष्ट बनाएको प्रहरी अधिकारीहरु अनौपचारिक कुराकानीमा बताउँछन् । ‘समूहमा वैचारिक नेताको छवि बनाएका उनी पक्राउ परेपछि विप्लव समूह अब झन् धरासयी बनेको छ’, प्रहरी अधिकारी भन्छन् ।

तर, विप्लव समूहका नेताहरु भने उनको गिरफ्तारीले पार्टीको आन्दोलनमा खासै फरक नपर्ने दाबी गर्छन् । ‘एकतामा आएपछि उहाँलाई महत्वपूर्ण भूमिका दिइएको हो’, विप्लव समूह स्रोत भन्छ, ‘वलीको गिरफ्तारीले हाम्रो लडाइँमा खासै प्रभाव पर्दैन ।’

यद्यपि, समूहका एकजना शीर्षनेता पक्राउ पर्नुले विप्लव समूहलाई मनोवैज्ञानिक असर भने पक्कै पर्ने देखिन्छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...