साढे तीन वर्षीया बालिका बलात्कार गर्ने अभियुक्तलाई २५ वर्ष कैद

Karagar chalan

रुकुम पूर्व । बालिका बलात्कार गरेको अभियोगमा पक्राउ परेका एक व्यक्तिलाई रुकुमकोट जिल्ला अदालतले २५ वर्ष कैद फैसला गरेको छ ।

साढे तीन वर्षीया बालिका बलात्कार गरेको अभियोगमा पक्राउ परेका सिस्ने गाउँपालिका–५, का ३० वर्षीय भरत गौतम (मदन)लाई जिल्ला अदालतले २५ वर्ष कैद फैसला गरेको हो ।

जिल्ला न्यायधीश दुर्गाबहादुर भुषालको इजालसले १९ वर्ष कसुर वापत र ६ वर्ष थप गरी २५ वर्ष कैद फैसला गरेको अदलातका श्रेष्तेदार शुशिलकुमार यादवले बताए ।

बालिका बलत्कार गरेको कसुरमा १९ र दोर्होयाएर अपराध गरेका कारण थप ६ वर्ष गरी २५ वर्ष कैद हुने गरी फैसला भएको यादवले बताए ।

मंगलबारको इजलासले पीडित बालिकालाई क्षतीपूर्ति वापत एक लाख रुपैयाँ पनि प्रतिवादी गौतमले तिर्नुपर्ने गरी फैसला गरेको छ ।

गौतमले यस अघि पनि सोही प्रकृतिको मुद्दामा दोषी करार भएर साढे ४ वर्षको कैद भुक्तान गरेका थिए ।

गौतम गत माघ २१ गते बालिकालाई जवरजस्ती गर्ने क्रममा रंगेहात पक्राउ परेका थिए ।

घरमा कोही नभएको मौकामा खेलिरहेकी बालिकालाई जवरजस्ती गर्ने क्रममा स्थानीयले फेला पारेर प्रहरीलाई खबर गरेका थिए ।

उनी कैद भुक्तान गरी कारागारबाट रिहा भएको एक महिनामै बालिका बलात्कारको अरोपमा पुनः पक्राउ परेका हुन् ।

बालिका बलात्कारर गरेको माघ २१ गते नै पक्राउ परेका गौतमलाई अदालतले गत फागुन ५ गते पूर्पक्षका लागि कारागार चलान गरेको थियो ।

प्रतिकृया दिनुहोस