अवैधरुपमा राखिएका हतियार बुझाउन तेह्रथुम प्रशासनको आग्रह

Banduk 9 than

तेह्रथुम । जिल्ला प्रशासन कार्यालय तेह्रथुमले अवैधरुपमा राखेका हातहतियार बुझाउन स्थानीय नागरिकलाई आग्रह गरेको छ ।

प्रशासनले हतियार बुझाउन गरेको आग्रहलाई अटेर गरी नबुझाएमा अवैध हातहतियार तथा खरखजनासम्बन्धी प्रचलित मुद्दा चलाउने जिल्ला प्रशासन कार्यालय तेह्रथुमले जनाएको छ ।

कानुन बमोजिम लिनुपर्ने इजाजत नलिएको, इजाजतपत्र नविकरण नगराएको, इजाजतपत्र प्राप्त व्यक्तिको मृत्युपश्चात हकवालाको नाममा नामसारी नगराएको वा अन्य व्यक्तिले पनि हातहतियार तथा खरखजना राखेको भए तत्काले जिल्ला प्रशासनमा बुझाउन प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी हुमागाईले आग्रह गरिन् ।

अवैध रुपमा राखिएका हातहतियार नजिकको प्रहरी चौकी, जिल्ला प्रहरी कार्यालय वा नेपाली सेनाको ब्यारेकमा अनिवार्य रुपमा बुझाउन जिल्ला प्रशासनको आग्रह छ ।

गृह मन्त्रालयले चैत्र १ गते प्रकाशित गरेको सूचना अनुसार हातहतियार र खरखजाना बुझाउन आग्रह गरिएको हो ।

समयमै हातहतियार बुझाएमा कुनै कानुनी कारवाही नहुने प्रशासनले जनाएको छ ।

तोकिएको अवधिमा नबुझाउने व्यक्तिलाई भने र प्रचलित कानुन बमोजिम कारवाही हुने जिल्ला प्रशासन कार्यालय तेह्रथुमले जनाएको छ ।

प्रतिकृया दिनुहोस