गुडिरहेको ट्रकमा अचानक आगलागी, ३४ लाख बराबरको क्षति

Aaglagi truckkk

सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका-२ पिपलभञ्ज्याङमा गुडिरहेको ट्रकमा अचानक आगलागी भएको छ ।

सिमेन्ट लिएर सिन्धुलीबाट रामेछाप तर्फ जाँदै गरेको बा.५.ख.३७३६ नम्बरको ट्रकमा बीपी राजमार्ग अन्तर्गत कमलामाई नगरपालिका-२ पिपलभञ्ज्याङमा अचानक आगलागी भएको हो ।

गुडि रहेको ट्रकमा आफै आगलागी भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

पिपलभञ्ज्याङमा पुगेपछि ट्रकको पछाडीको टायरमा अचानक आगलागी भई ट्रकमा पूर्ण रुपमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरिक्षक चक्रबहादुर सिंहले बताए ।

आगलागीका कारण ट्रक र ट्रकको सामान गरी ३४ लाख मुल्य बराबरको क्षति भएको उनले जानकारी दिए ।

कमलामाई नगरापालिकाको दमकललको सहायताले बिहान १ बजे आगो नियन्त्रणमा आएको थियो ।

आगलागीको कारण नखुलेको र चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस