नेपालमा दैनिक १ हजार ६४ ले बढ्छ जनसंख्या

Tathyanka bibhag

काठमाडौं । नेपालमा दैनिक रुपमा जनसंख्या वृद्धि भइरहेको छ । नेपालको जनसंख्या दैनिक १ हजार ६४ देखि१ हजार ७८ जनासम्म बढ्ने गरेको देखाउँदै आएको छ ।

गत वर्ष प्रतिदिन १ हजार ७० देखि १ हजार ८४ जनासम्म बढ्ने गरेको देखाउको थियो । प्रक्षेपण अनुमानित भएकाले घटबढ हुने सम्भावना रहन्छ । विभागले आगामी २०७८ साल असार ८ गते नेपालको जनसंख्या ३ करोड ३ लाख ७८ हजार ५५ पुग्ने प्रक्षेपण गरेको छ ।

केन्द्रीय तथ्याङ्क विभागले सोमबारको अनुमानित जनसंख्या २ करोड ९५ लाख छ हजार ३४५ पुगेको देखाएको छ । राति १२ बजेपछि बोर्डमा नयाँ जनसङ्ख्या देख्न पाइन्छ ।

विभागले २०६८ सालमा राष्ट्रिय जनगणना गर्नुअघि नेपालको जनसंख्या २ करोड ८४ लाख पुग्ने प्रक्षेपण गरेको थियो । जबकि जनगणनाले जनसङ्ख्या दुई करोड ६४ लाख ९४ हजार ५०४ रहेको देखाएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...