मंगलबार पनि मौसम धमिलो, बुधबारदेखि सुधार हुने

Aakash badal

काठमाडौं । स्थानीय वायुका कारण उपत्यकासहित देशका पहाडी भेगमा आशिंकदेखि सामान्य बद्ली हुने र मेघगर्जनसहित पानी पर्ने सम्भावना छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रिमनसुनी समय भएकाले बेलुकीपख भने मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको छ ।

मंगलबार पनि स्थानीय वायुका कारण पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको र अन्य ठाउँको मौसम भने सामान्यतया सफा नै हुने मौसमविद्हरुले बताएका छन् । बुधबारदेखि मौसम सफा हुँदै जाने छ ।

स्थानीय वायुको प्रभावका कारण सोमबार दिउँसो पनि काठमाडौं उपत्यकालगायतका विभिन्न ठाउँमा पानी परेको थियो ।

 

प्रतिकृया दिनुहोस