नख्खुमा प्रतिबन्धित विस्फोटमा ‘नियो जेल नाइन्टी’ प्रयोग

Bomb blast nakhkhu

काठमाडौं । एक जनाको ज्यान जाने गरी ललितपुर नख्खुमा भएको विस्फोटमा ‘नियो जेल नाइन्टी’ प्रयोग गरेको पाइएको छ । यस्तो टाइम बम (टाइम डिभाइस) अत्यधिक क्षमताको र खतरनाक मानिन्छ ।

गत फागुन १० मा नख्खुमा भएको विस्फोटमा प्रयो गरिएको पदार्थ नियो जेल नाइन्टी एमुनियम नाइट्रेटबाट बनेको र यस्तो विस्फोटक पदार्थ नेपाल र भारतमा सुरक्षा निकायको सिफारिसबिना खरिदबिक्री गर्न पाइँदैन ।

चन्द समूहले कसरी र कहाँबाट यस्तो घातक विस्फोटक पदार्थ नेपाल भित्र्यायो अनुसन्धानको विषय बनेको छ । भारतमा सुरुङ, सडक निर्माण लगायतका परियोजनामा नियो जेल विस्फोटक पदार्थ प्रयोग हुँदै आएको छ ।

नेपालमा नियो जेल नाइन्टी आयात हुँदैन । भारतको हैदराबादमा सन् २००७ को अगस्टमा भएको आक्रमणमा पनि आतंककारीहरूले नियो जेल नाइन्टी प्रयोग गरेका थिए । पछिल्ला दिनमा सर्वसाधारणलाई आतंकित बनाउने उद्देश्यले चन्द समूहका कार्यकर्ताले राजधानीलगायत मुलुकका विभिन्न स्थानमा राखेका बममा नियो जेल नाइन्टी प्रयोग गरेको पाइएको छ ।

निजी कम्पनीले नेपाली सेनाको सुपरीवेक्षणमा मात्र विदेशबाट विस्फोटक पदार्थ ल्याउँछन् । सुरक्षा स्रोतका अनुसार नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ताले डेटोनेटर लगायतका आवश्यक सामग्री प्रयोग गरी नख्खुमा विस्फोट गराएका थिए । सोही दिन कमलपोखरीमा नेपाली सेनाले निष्क्रिय गरेको बममा पनि नियो जेल नाइन्टी प्रयोग गरिएको थियो ।

सैनिक प्रवक्ता यामप्रसाद ढकालले नख्खु र कमलपोखरीमा राखिएको बममा नियो जेल नाइन्टी प्रयोग भएको बताए । ‘नियो जेल सडक र सुरुङ निर्माण गर्दा ठूला पहाड र चट्टान फुटाउन प्रयोग हुन्छ’ उनले ‘बेलैमा सूचना पाएकाले सेनाले डिस्पोज ग¥यो। नत्र नख्खुको भन्दा धेरै क्षति हुन सक्थ्यो ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...