कांग्रेसले बनायो अनुशासन समिति गठन, संयोजक बने भीष्म आङदेम्बे

Visma aandenbe

काठमाडौं । अनुशासन पालना नहुँदा नेपाली कांग्रेस लथालिंगझै बनिसकेको अवस्थामा बल्लबल्ल अनुशासन समिति गठन गरेको छ । समितिको संयोजकमा भीष्म आङदेम्बे तोकिएको छ ।

कांग्रेसले समितिको निर्णय सर्वसहमतिबाट गर्ने बाध्यकारी शर्तसहित समिति गठन गरेको हो । अनुशासन समितिले गर्ने निर्णय बहुमत र अल्पमतमा गर्न नपाइने बाध्यकारी सर्तसहित समिति गठन गरिएको हो ।

बिहान ११ बजेदेखि बसेको शीर्ष तहका नेताको बैठकले साँझ ७ः४५ शीर्ष नेताको बैठकले समितिको नेतृत्वमा आङ्देम्बेको नाम तय गरेको हो । तर विधानमा सर्वसहमतिमा गर्नैपर्ने व्यवस्था नभए पनि सहमतिका लागि पौडेलको अडान स्वीकार गरिएको बताइन्छ ।

समितिको सदस्यहरुमा किशोर सिंह राठौर र देवेन्द्रराज कँडेल छन् । समितिमा संयोजकसहित ५ जना सदस्य रहने विधानमा व्यवस्था छ । बाँकी २ सदस्य संस्थापन इतर समूहबाट चयन हुनेछन् । संस्थापन इतर समूहले २ जनाको नाम पेस गरेको छैन ।

वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको समितिले सर्वसहमतिमा मात्र निर्णय गर्न पाउने अडानका कारणका कारण लामो प्रयास गर्दा समेत समिति गठन हुन सकेको थिएन । पौडेलको सो अडान बमोजिम नै सहमति गरिएको हो ।

आइतबार सभापति शेरबहादुर दउवाले सहमतिको प्रयासका लागि बुढानीलकण्ठस्थित निवासमा नै शीर्ष नेताको बैठक बोलाएका थिए । बैठक सोमबार पनि दिनभर लम्बिएको थियो ।

यसअघि नै सोमबारका लागि तय भएको केन्द्रीय समितिको बैठक पनि संस्थापन इतर समूहकै अडानका कारण बस्न सकेको थिएन । सहमतिका लागि सोमबार पटकपटक प्रयास भएको थियो ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...