वारका उम्मेदवारहरु भन्छन्, न्यायालयमा राजनीतिक हस्तक्षेप बढ्यो

Bar niracha 4

काठमाडौं । नेपाल वार एशोसियनको आसन्न निर्वाचनका अध्यक्षका प्रत्यासीहरुले न्यायलयमा राजनीतिक हस्तक्षेप बढेका दावी गरेका छन् । उनीहरुले न्यायलयमा राजनीतिक हस्तक्षेप नहटेसम्म जनताले न्याय नपाउने उनीहरुको जिकिर छ ।

चैत्र १६ गते निर्वाचन हुने निर्वाचनको पूर्वसन्ध्यामा सञ्चार केन्द्र नेपालले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रगतिशिल, पेशागत तथा समावेशी कानुन व्यवसायी समूह र लोकतान्त्रिक समूहका उम्मेदवारहरुले आ–आफ्नो चुनावी प्रतिवद्धता जारी गर्दै उनीहरुले स्वतन्त्र न्यायलयका लागि राजनीतिक हस्तक्षेप रोकिनु पर्नेमा जोड दिए ।

नेपाल प्रगतिशिल, पेशागत तथा समावेशी कानुन व्यवसायी समूहका अध्यक्षका उम्मेदवार चण्डेश्वर श्रेष्ठले आफूँले बारलाई विधिको शासन कायम राख्न पहल र प्रयास गर्ने संस्थाको रुपमा विकास गर्ने प्रतिवद्धता जनाए । उनले न्यायालय सक्षम र बलियो भए मात्र मानवअधिकार रक्षा हुने भन्दै वारको नीतिगत कुराहरुलाई अगाडि बढाउनुपर्ने बताए । श्रेष्ठले न्यायलयमा राजनीतिक प्रभाव र दबाव बढेको प्रति संकेत गर्दै राजनीतिक नियुक्तिबाट न्यायाधिश नियुक्त गर्दा जनताले न्याय प्राप्त गर्न नसक्ने तर्क गरे ।

कार्यक्रममा लोकतान्त्रिक समूहका अध्यक्ष सुनिलकुमार पोखरेलले वारलाई प्राज्ञिक र व्यवसायिक संगठनको रुपमा विकास गर्ने तर्क गर्दै न्याय क्षेत्रमा भएका विविध विकृत्तिहरुलाई नियन्त्रण गर्दै लैजान आफ्नो समूह सक्षम रहेको तर्क गरे ।

प्रगतिशिल तर्फका महिला उपाध्यक्षका उम्मेदवार रक्षा बस्यालले नेपालको संविधानले परिकल्पना गरेको महिला तथा समावेशी राज्य व्यवस्थामार्फत जनताको हकलाई क्रियाशिल बनाउँदै आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरणको लागि आफ्नो समूह सामाजिक अभियन्ताका रुपमा क्रियालिश रहने बताइन् ।

प्रगतिशिलतर्फका महासचिवका उम्मेदवार सुरेन्द्र थापाले विगतमा शम्भु थापाहरुको टिमले जस्तै आफ्नो समूहले वारमा भूमिका खेल्ने र विधिको शासन स्थापित गराउन आफ्नो टिम क्रियाशिल रहने बताए । उनले देशभरको कानुन व्यवसायीहरुको हक हितका निम्ति सिर्जनशिल काममा वारलाई केन्द्रित गराउने बताए ।

लोकतान्त्रिक समूहतर्फका महासचिव लिलामणि पौडेलले अदालतमा हुने भ्रष्टाचार नियन्त्रण गर्ने उपाएहरु आफ्नो समूहसँग भएकाले आफ्नो समूहले वारको नेतृत्व गर्ने अवसर पाएका आफूँहरुले नियन्त्रण गर्ने दावी गरे ।

सो कार्यक्रममा प्रगतिशिल टिमकै कोषाध्यक्ष रुद्रप्रसाद पोखरेल, वरिष्ठ अधिवक्ता तथा विश्लेषक रुद्र नेपाल, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा प्रेस काउन्सिल सदस्य गोविन्दप्रसाद चौलागाईं लगायतले स्वतनत्र न्यायलयका लागि वार चनाखो बन्नुपर्नेमा जोड दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...