शुक्लाफाँटा पर्यटन महोत्सव सम्पन्न गर्न बन्यो समिति गठन

Kanchanpur 4

महेन्द्रनगर । शुक्लाफाँटा पर्यटन महोत्सव सम्पन्न गर्न भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टको संयोजकत्वमा मूल तयारी समिति गठन गरिएको छ ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटन प्रवद्र्धनका लागि आयोजना हुन लागेको शुक्लाफाँटा पर्यटन महोत्सवको तयारी तीव्र पारिएको छ । सो महोत्सव यही चैत १५ देखि २१ गतेसम्म हुँदैछ । सोमबार नगरपालिका कार्यालयमा बसेको सरोकारवालाहरुको बैठकबाट महोत्सव तयारीका लागि विभिन्न उप समिति गठन गरिएका छन् ।

बैठकबाट स्रोत व्यवस्थापन समिति, आवाश तथा अतिथि सत्कार समिति, प्रचारप्रसार समिति, मञ्च/समारोह/कार्यक्रम व्यवस्थापन समिति र समन्वय तथा सोसिएल मार्केटिङ समिति गठन गरिएको छ ।

स्रोत व्यवस्तापन समितिको संयोजकमा कञ्चनपुर उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पिताम्बर जोशी, आवाश तथा अतिथि सत्कार समिति संयोजकमा प्रमानन्द भण्डारी, प्रचारप्रसार समितिमा लक्षण तिवारी, मञ्च समारोह व्यवस्थापन समिति संयोजकमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सहायक वार्डेन शैलेन्द्र चौधरी र समनवय तथा सोसिएल मार्केटिङ्ग समिति संयोजकमा माया प्रकाश भट्ट छन् ।

भीमदत्त नगरपालिकामा झोलुङ्गे पुल आउने पर्यटकहरुलाई बाल उद्यान र पिकनिक स्पट भएर हात्तीसार हुँदै राना थारु होमस्ट पुगाउने लक्ष्य सहित पुल नजिक बाल उद्यान र पार्क बनाउन बजेट विनियोजन गरिएको छ ।

भीमदत्तले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन सन् २०१९ लाई प्रचार र पूर्वाधार वर्ष घोषणा गरिएको नगर प्रमुख विष्टले बताए । ३ सय ५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको निकुञ्जमा बाह्रसिंगाको झुण्ड सबैभन्दा आकर्षक मान्ने गरिएको छ । निकुञ्जमा जमा २ हजार ३ सय ४० बाह्रसिंगा छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वउपराष्ट्रपति पुत्र दिपेश पुनलाई लगियो रुपन्देही

Dipesh pun

काठमाडौं । काठमाडौंमा पक्राउ परेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनलाई रुपन्देही...