के कारण थियो र यसरी रुवाए प्रसाईले प्रधानमन्त्री ओलीलाई ?

Kp oli 1

काठमाडौं । बुधबार नेपाल टेलिभिजनमा प्रशारण भएको ‘जनतासँग प्रधानमन्त्री’ कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली निक्कै भावुक बने । प्रधानमन्त्री ओलीलाई भावुक बनाउने युवा थिए, रमेश प्रसाई ।

फरक क्षमता (दृष्टिविहिन) भएका प्रसाईले धरानबाट प्रधानमन्त्रीलाई सम्बोधन गर्दै एउटा भिडियो पठाए । जुन भिडियो भिडियो हेरेर प्रधानमन्त्री ओली भावुक भएका हुन् ।

पब्लिक स्पिकर २ को विजेता रमेश प्रसाईले प्रधानमन्त्रीलाई देश विखण्डनको नारा बोकेको सिके राउतलाई अंगालो हालेर रेशम चौधरीलाई किन जेल हालेको ? भन्दै प्रधानमन्त्रीलाई प्रश्न गरेका थिए । भिडियोमा उनले सिके राउतलाई मृत्युदण्ड दिनुपर्ने सम्मका कुरा गरेका छन् ।

उनले आफु प्रधानमन्त्री भएको भए सिके राउतलाई जेलबाट बाहिर निस्कनै नदिनेसमेत बताएका थिए । ‘म यदि प्रधानमन्त्रीको ठाउँमा अथवा निती निर्माणको तहमा भएको भए सिके राउत जेलबाट सपनामा पनि निस्कन सक्ने थिएन । गद्दार सिके राउतलाई सम्झौताको खुकुरीले उत्तर दिनुपर्थ्यो’ उनले भनेका छन् ।

उनले आफ्नो भिडियोमा ‘रेशम चौधरीले आफ्नै घरभित्र समानता मागेको हो, आफ्नो पहिचान मागेको हो । तर, सिके राउतले घर भत्काउँ भनेको हो बीचबाट । देशै टुक्राउँ भनेको हो’ प्रसाईले भनेका छन्–‘त्यसकारण त्यो गद्दार सिके राउत भन्दा रेशम चौधरी जायज हो’ पनि भनेका छन् ।

जब प्रधानमन्त्री रमेश प्रसाईका यी भनाई हेरे त्यसपछि उनी एकाएक भावुक भए । अनी गोजीबाट रुमाल निकाल्दै कार्यक्रम सञ्चालकलाई ‘एक छिन है’ भन्दै चस्मा खोलेर आँशु पुछ्न थाले । र, भने ‘कठिन छ जिवन ।’

प्रधानमन्त्री जनतासँग प्रधानमन्त्री कार्यक्रममा भावुक भएको यो पहिलो पल्ट भने हैन । उनी विगतमा पनि यहि कार्यक्रममा भावुक भएका छन् । ग्रामिण परिवेशका केहि दृश्य हेरेर उनी भावुक भएका छन् ।

हेर्नुस् भिडियो

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वउपराष्ट्रपति पुत्र दिपेश पुनलाई लगियो रुपन्देही

Dipesh pun

काठमाडौं । काठमाडौंमा पक्राउ परेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनलाई रुपन्देही...