कहाँबाट आयो राष्ट्रपतिको रेड कार्पेटमा अचानक यस्तो सर्प ?

Snake redcarpet 1

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रेड कार्पेट ओछ्याइएको थियो । प्रधानमन्त्री र राष्ट्रपति विदेश जाँदा र फर्किँदा विमानस्थलमा रेड कार्पेट बिच्छ्याउने चलन छ ।

महिलाको स्थितिसम्बन्धी राष्ट्रसंघीय आयोग (सीएसडब्ल्यू) को ६३ औं अधिवेशन सहभागी भएर स्वदेश फर्किने भएपछि उनको स्वागतका लागि रेड कार्पेट बिच्छ्याईको थियो ।

तर, राष्ट्रपति भण्डारी हिड्नु अघि नै एउटा ठूलो सर्प रेड कार्पेटमा दौडियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिच्छ्याईको सो रेड कार्पेटमा अचानक सर्प आएपछि सबै चकित भएका थिए ।

भण्डारी साढे ३ बजे कतार एयरको विमानमार्फत अवतरण गर्दै थिइन् । उनको स्वागतका लागि उपराष्ट्रपति नन्दकिशोर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल लगायत विमान अवतरण हुनु अगावै विमानस्थलतर्फ जाँदै थिए ।

स्वागतका लागि केही विशिष्ठ व्यक्ति आउने क्रम जारी नै थियो, ठिक त्यति नै वेला एउटा सर्प राष्ट्रपतिको स्वागतका लागि विछ्याइएको रातो कार्पेटमा देखा पर्‍यो ।

त्यो देखेर त्यहाँ उपस्थित व्यक्तिहरु मुखामुख गदै सर्पले देखाएको रमितामा रमाउन थाले । कतिपयले क्यामरा र मोबाइल निकालेर त्यो दृश्य कैद गर्न थाले । केहीवेरमा सर्प आफैं एक छेऊतिर लाग्यो । त्यसको करिब ३० मिनेटपछि राष्ट्रपति भण्डारीको त्यहीँ स्वागत भयो ।

राष्ट्रपति भण्डारीको स्वागतका लागि त्यति नै मात्रामा सुरक्षाकर्मी सहभागी थिए भने समाचार संकलनका लागि त्यति नै मात्रामा सञ्चारकर्मी उपस्थित थिए । तर, सोही भीडबाट अचानक सर्प निस्किएर रेड कार्पेटमा पुगेको थियो ।

सो सर्प रेड कार्पेट हुँदै विमानस्थलतर्फ गएको थियो । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...