जातीय छुवाछुतको अन्त्यका लागि मेची–महाकाली पैदल यात्राको घोषणा

1552564452darnal

काठमाडौं । जातीय छुवाछुतको व्यवहारिक अन्त्यका लागि होमराज आचार्य र अशोक दर्नालले मेची–महाकाली पैदल यात्राको घोषणा गरेका छन् । मुलुकमा जातीय छुवाछुतको व्यवहारिक अन्त्यका लागि भोलीदेखि मेचीमहाली पदायत्रा सुरू गर्ने बताईएको छ ।

आज काठमाडौंमा एककार्यक्रमको आयोजना गरी अभियन्ताद्धय होमराज आचार्य र अशोक दर्नालले सो जानकारी गराएका हुन् । जातीय छुवाछु अन्त्यका लागि पदयात्रा गर्न लागिएको अभियान्त अशोक दर्नालले बताए ।

नेपाल सरकारले छुवाछुत मुक्त राष्ट्र घोषणामार्फत जातीय भेदभाव र छुवाछुत अन्त्यको घोषणा गरेको र नेपालको संधिान २०७२ ले जातीय भेदभाव तथा छुवाछुतलाई दण्डनीय अपराधको मानिसकेको बताउदै दर्नानले आजसम्म पनि सरकार र राजनैतिक दलहरुको कमजोर इच्छाशक्तिका कारण समाजमा जातीय भेदभाव र छुवाछुतका घटनाहरु भइरहेको दाबी गरे ।

देशका हरेक कुनाकुनामा जागरण फैल्याउन पश्चिम महाकालीबाट सुरु भई पूर्व मेची पुगेर पदयात्रा सकिने छ । देशका विभिन्न स्कूल, कलेज र स्थानीय जनप्रतिनिधिसँग सरकारी निकायसँग छलफल कार्यक्रम समेत गरिने दर्नालले बताए ।

देशभरका वर्ग, समुदाय, जातजातिले हरेक प्रकारको छुवाछुतको अन्त्य गर्न आफूबाट शुरु गर्नुपर्छ भन्ने जागरण फैलाउने गरी अभियान रुपमा पदयात्रा गर्न लागेको अर्का अभियान्त होम आचार्यले बताए । अभियान्ताहरु ६५ जिल्लाको पदयात्रामा निस्कन लागेका छन् ।

आफ्नो घर छिमेकबाट परिवर्तन नगरेसम्म कानुनका ठेलीले मात्र छुवाछुत जस्तो अमानवीय कार्यको अन्त्य नहुने देखेर मेची–काली पदयात्रा सुरु गरिएकोे हेमराज बताउछन् ।

‘पदयात्राका क्रममा हरेक समुदाय र वस्तीहरुमा हजारौं नागरिकसँग भेट्ने छौं, सबैलाई सामेल गरेर अघि बढ्ने हाम्रो अभियान हो,’ उनले भने । उनीहरुको यो अभियान व्यक्तिगत पहलमा हुन लागेको हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वउपराष्ट्रपति पुत्र दिपेश पुनलाई लगियो रुपन्देही

Dipesh pun

काठमाडौं । काठमाडौंमा पक्राउ परेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनलाई रुपन्देही...