विप्लवको बन्दकै दिन किराँत सभाका सभामुखले गरे पार्टी त्याग

Bojh bdr khatri

ओखलढुंगा । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाप्रति सरकार अनुदार बनेकै बेला ओखलढुंगामा जनसत्ता प्रमुख तथा किराँत सभाका सभामुखले पार्टी त्याग गरेको घोषणा गरेका छन् ।

पार्टीमाथि सरकारले प्रतिबन्ध लगाएपछि विप्लवले आयोजना गरेको बन्दकै दिन बोझबहादुर खत्रीले बिहीबार पत्रकार सम्मेलन गरेर पार्टीसँग सम्बन्ध  विच्छेद गरेको दावी गरेका छन् । सो पत्रका सम्मेलनमा खत्रीले आफू मानवअधिकारकर्मी बनेर उत्पीडितको पक्षमा काम गर्नेसमेत दावी गरे ।

‘मुख्य कुरा कार्यदिशा प्रष्ट नभएको र बहुदलीय पद्धतिलाई स्वीकार गर्नुको विकल्प नभएकाले मैले पार्टीसँगको सम्बन्ध विच्छेद गरेको हूँ’ खत्रीले भने, ‘पार्टीले लिएको एकीकृत जनक्रान्तिको कार्यदिशा अस्पष्ट भएको थाहा पाएपछि पार्टीको कुनै पनि जिम्मेवारीमा बस्नुको औचित्य देखिनँ ।’

उनले स्थानीय तथा संसदीय निर्वाचनमा सहयोग गर्दै पार्टीबाट टाढा रहँदै आएकोसमेत दाबी गरे । आफू विप्लवसँग पहिलेबाटै टाढा बन्दै गए पनि केहीमा भ्रम रहेको पाइएकाले औपचारिक रुपमा घोषणा गरेको बताए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...