विप्लव समूहलाई प्रतिबन्ध लगाउनु ओलीको साहसिक निर्णय : भारतीय पूर्व राजदुत राय

Ranjit rae

नयाँ दिल्ली । नेपालका लागि पूर्व भारतीय राजदुत रञ्जित रायले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव समूहलाई प्रतिबन्ध लगाएर र सिके राउतसँग राजनीतिक सहमति गरेर साहसिक निर्णय गरेको भन्दै प्रशंसा गरेका छन् ।

नयाँ दिल्लीमा रहेका पत्रकार ऋषि धमलासँग कुरा गर्दै पूर्वराजदुत रायले यस्तो बताएका हुन् । उनले भने, ‘विप्लव समूहलाई प्रतिबन्ध लगाउनु र सिके राउतसँग सहमति गर्नु ओलीजीको साहसिक निर्णय हो, म स्वागत गर्न चाहन्छु ।’ राउतलाई मूल प्रवाहमा ल्याएर ओलीले मुलुक विखण्डन हुनबाट बचाएको भन्दै रायले प्रशंसा गरे ।

उनले ओली नेतृृत्वमा नेपाल–भारत सम्बन्ध धेरै राम्रो भएको पनि विश्वास दिलाए । नेपालमा आफूले विकास र समृद्धिको लागि प्रधानमन्त्री ओलीको विकल्प नदेखेको पनि तर्क गरे । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री ओलीबीच केमेष्ट्री मिलेको उनको भनाई छ । उनले भने,‘त्यही भएर होला अहिले नेपाल र भारत सम्बन्ध धेरै राम्रो छ ।’

नेपालमा भारतीय लगानी बढ्ने पनि उनको भनाई छ । उनले थपे,‘काठमाडौंमा हुन गैरहेको लगानी सम्मेलनमा भारतबाट बाक्लो सहभागिता हुन्छ ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...