दुर्गादेवी भन्छिन्, निर्मलाको बलात्कारी आफ्नै घर वरिपरि घुमिरहेको छ

Durgadevi panta

काठमाडौं । कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटना अझैं सेलाएको छैन । र अहिलेसम्म अपराधी अझैं फेला पर्न सकेको पनि छैन । यसअघि पक्राउ परेका व्यक्ति प्रमाण अभावमा छुटिसकेका छन् ।

साउन १० मा भएको सो घटनामा संलग्नको खोजी तीव्र पारेको बताए पनि प्रहरीले अहिलेसम्म दोशीलाई पक्राउ गर्न सकेको छैन । पक्राउ परेकालाई पनि प्रहरी प्रमाण जुटाउन नसक्दा छोड्दै आएको छ ।

अहिले फेरि निर्मलाकी आमा दूर्गादेवीले बलात्कारी आफ्नै घर वरिपरि घुमिरहेको भन्दै पक्राउ गर्न आग्रह गरेकी छन् । उनले सुरुवातमा पक्राउ परेका दिलिपसिंह विष्ट निर्दोष रहेको बताउने गरेकी थिइन् । तर, अहिले फेरि आफ्नो शंकाको सुई विष्टतिरै घुमाएकी छन् ।

यतिबेला न्याय निसाफका लागि प्रहरीसँग मुठभेडसमेत गर्दै र आन्दोलनमा दर्बिलो साथ दिँदै आएका स्थानीय मानवअधिकारकर्मीहरुको समेत दूर्गादेवीले आलोचना गर्न थालेकी छन् । यतिसम्म की उनी यतिवेला अनुसन्धानमा लापरवाही गरेको आरोप लागेका एसपी डिल्लीराज विष्टको पक्षमा दूर्गादेवी उभिन थालेकी छन् ।

दिलिपसिंह विष्टले हिरासतमा परेका बेला प्रहरीलाई दिएको साविति वयानको भिडियो हेरेपछि आफू यस्तो निष्कर्षमा पुगेको दूर्गादेवीको तर्क छ ।

‘दिलिपसिंह बिष्टले प्रहरीसँग अपराध स्वीकारेको सुनेकी थिएँ, तर प्रहरीले दबाव दिएर कबुल गर्न लगायो होला भन्ने लागेको थियो’, दुर्गादेवीले भनिन्, ‘वयानको भिडियो मलाई कसैले देखाएका थिएनन् । केही दिन अगाडि मात्रै भिडियो हेरेँ । भिडियोमा उसले बताएका घटना विवरण सबै सत्य छन् । कसैले सिकाएर वा धम्क्याएर बोल्न लगाएको जस्तो पटक्कै लागेन । उसैले मेरी छोरीको हत्या गरेको जस्तो लाग्न थाल्यो ।’

दूर्गादेवीले दिलिप विष्टलाई प्रहरीले पुनः पक्राउ गर्नुपर्ने र जेल हाल्नुपर्ने मागसमेत गरिन् । विष्टका विरुद्ध किटानी जाहेरी दिने सोचमा रहेको उनी बताउँछिन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वउपराष्ट्रपति पुत्र दिपेश पुनलाई लगियो रुपन्देही

Dipesh pun

काठमाडौं । काठमाडौंमा पक्राउ परेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनलाई रुपन्देही...