स्थानीयसँग प्रहरीको भलाकुसारी, 'एक टोल एक घण्टा’

Police vs janta

चितवन । जिल्लाको पूर्वी क्षेत्रमा नागरिकको सहकार्यमा शान्ति सुरक्षाको अभियान सुरु गरिएको छ ।

पूर्वी चितवनको चार नगरपालिकाका टोलमा प्रहरी पुगेर एक घण्टा बस्छन् । स्थानीयसँग भलाकुसारीसँगै निगरानी गर्छन् ।

टोलमा देखिएका विकृति पहिचान गरेर कारवाहीका लागि प्रहरी पुग्ने गरेको हो ।

प्रहरीले टोलमा पुगेर नागरिकको गुनासो सुन्छन् । त्यसैअनुसार शान्ति सुरक्षाको रणनीति बनाउने गरेका छन् ।

इलाका प्रहरी कार्यालय टाडीले 'एक टोल एक घण्टा अप्रेशन’ अभियान गरेको हो ।

हरेक टोलका लागि एक घण्टा छुट्याएर प्रहरी टोलबासीसँग छलफलमा जुट्छन्। प्रहरीसँगको गुनासो भएपनि त्यसबारे जानकारी लिन्छन् ।

प्रहरीको टोली टोलमा पुगेर एक घण्टाको समयमा अवैध वस्तु नियन्त्रण लिने, सुरक्षाका विषयमा सचेतना समेत दिने गर्छन् ।

जिल्लाको पूर्वी क्षेत्रमा रहेका राप्ती,खैरहनी,कालिका र रत्ननगर गरी चार नगरपालिकामा अप्रेसन संचालन गरेको हो ।

इलाका प्रहरी कार्यालय रत्न नगरका प्रहरी नायव उपरीक्षक दयानिधी ज्ञवालीले टोलमा गरिएको सुरक्षा अभियान प्रभावकारी भएको बताए ।

'हामी टोलमा पुगेर त्यहाँका अवस्था बुझेर विकृति विसंगती विरुद्धको कार्यक्रम प्रभाकारी भएको छ,’ उनले भने, प्रहरीकै बारेमा भएका गुनासोको पनि सुनाई गर्दा नागरिक सकारात्मक देखिएका छन् ।

अपरेशनको क्रममा एक लाख सातहजार लिटर घरेलु मदिरा बरामद गरिएको छ । ठूलो परिणामको घरेलुमदिरा प्रहरीले नष्ट गरेको छ ।

अप्रेशनका क्रममा शंकास्पद गतिविधिमा संलग्न १३ जनालाई पक्राउ गरिएको छ। अवैध तथा नियम विपरित प्रयोगमा आएका ११ वटा टिफरर ट्याक्टरलाई नियन्त्रणमा लिएको छ । १४२ सावारी चालकलाई ट्राफिक कारवाही गरिएको छ ।

स्थानीय समुदायसँग सहकार्य गरी ग्रामीण क्षेत्रका वस्तिमा गरिएको अपरेशनले अपराध नियन्त्रणमा सहयोग पुगेको जिल्लाप्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक सुसिलसिंह राठौरले बताए ।

'नागरिककै सहकार्यमा कार्यक्रम प्रभावकारी बनेको छ', एसपी राठौरले भने', पहिलो चरणमा एक हप्ताका लागि अपरेशन गरिएको भएपनि स्थानीय समुदायको चाँसो र माग बढेकाले यसलाई निरन्तरता दिँदै छौं ।’

दैनिक ६० जना प्रहरी अप्रेशनमा खटिएका थिए । अभियानकै क्रममा प्रहरीले सचेतना अभियान समेत सञ्चालन गरेको थियो ।

स्थानीयले प्रहरी गाउँगाउँमा निरन्तर अभियान चलाउनुपर्ने, अबैध क्रियाकलाप रोक्न प्रहरीले थप सक्रियता बढाउन सुझाव समेत दिएका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...