सरकार भन्छ, प्रचलित कानुनअनुरुप नै प्रतिबन्ध लगाइएको छ

Mantri parisad baithak

काठमाडौं । सरकारले नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई संगठित अपराध गरेकाले प्रचलित कानुन अनुरुप नै प्रतिबन्ध लगाउनुपरेको दावी गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकका निर्णयहरु सार्वजनिक गर्न आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गोकुल बास्कोटाले संगठित अपराध ऐन २०७०, फौजदारी लगायतका कानुन कानुनलाई टेकेर प्रतिबन्ध लगाइएको दावी गरे ।

विप्लव समूहका सदस्यहरुका साथबाट अवैध हतियार बरामद हुने क्रम तीब्र भएपछि सरकारको यस्तो निर्णय गरेको हो । ०६२/०६३ को माओवादी द्वन्द्वको क्रममा प्रयोग भएका हतियार विप्लव समूहले प्रयोग गरिरहेको सुरक्षा संयन्त्रको विश्लेषण छ । त्यसैले समूहलाई लक्षित गर्दै सरकारले यस्तो निर्णय गरेको हो ।

सरकारले सर्वसाधारणसँग भएका अवैध हतियार बुझाउन आह्वान पनि गरेको छ । मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले अवैध हतियार बुझाउन आह्वान गरेको बास्कोटाले बताए ।

स्वचालित हतियार, भरुवा बन्दुक, कटुवा पेस्तोलसहित अन्य विष्फोटक पदार्थ नजिकैको प्रहरी, सेना वा सशस्त्र प्रहरी कार्यालयमा बुझाउन भनिएको छ । ‘ती हतियार बुझाउनलाई सरकारले ३५ दिनसम्मको अल्टिमेटम दिएको छ’ उनले भने, ‘यो अवधिमा हतियार बुझाए अवैध हतियार राखेवापत हुने सजाय मिनाह हुनेछ ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...