चिसाङ खोलाको पुलमा कुकर बम, डेढ घण्टादेखि राजमार्ग बन्द

Bbom

मोरङ । मोरङको बेलबारी नगरपालिका-१० चिसाङ खोलाको पुलमा बम भेटिएको छ। पूर्व पश्चिम राजमार्गको बीच भागमा प्रेसर कुकर राखिएको छ । पुलको बीच भागमा प्रेसर कुकर देखेपछि डेढ घण्टादेखि राजमार्ग बन्द छ ।

अहिलेसम्म बम डिस्पोजल टोली आइपुगेको छैन । इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक रामकुमार राईका अनुसार कुकरको माथिल्लो भागमा रातो टेप लगाइएको छ भने कुकरबाट करिब २० मिटर लामो बिजुलीको तार जंगलतिर लगिएको छ ।

अपरित एक समूहले बाटोमा हिँडेका स्थानीयबासीलाई 'विप्लव’ का कार्यकर्ता हौं, बम राखिएको छ, यताउता नहिँड्नुहोला’ भन्दै बम राखेर हिँडेको प्रहरीले जनाएको छ ।

डेढ घण्टादेखि प्रहरीले राजमार्ग बन्द गरेको छ भने पैदलयात्रुलाई पनि हिँडडुल गर्नमा रोक लगाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...