प्रहरी भ्यानलाई एम्बुलेन्सले ठक्कर दिँदा ४ जना गम्भिर घाइते

Durghatana

नवलपरासी । नवलपरासीको कावासोतीमा प्रहरी चढेको गाडीलाई एम्बुलेन्सले ठक्कर दिँदा ४ जना घाइते भएका छन् ।

कावासोती-१६ को चालीस किलो जंगल नजिकै लु १ च ७४२५ नं.को बिरामी बोकेको नेपाल रेडक्रस सोसाइटी उपशाखा अरुणखोलाद्वारा सञ्चालित एम्बुलेन्सले प्रहरी चढेको बा २ झ १४६५ नं.को गाडीलाई ठक्कर दिँदा एम्बुलेन्समा सवार बिरामीसहित ४ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार दुर्घटनामा घाइते हुनेमा मध्यविन्दू-१० बस्ने ४८ वर्षिय आनन्द जैसी, ७४ वर्षिय मानकुमारी जैसी, ८१ वर्षिय दुलनाथ जैसी र एम्बुलेन्स चालक ५१ वर्षिय खुमाकान्त न्यौपाने रहेका छन् ।

उनीहरुको अवस्था गम्भिर रहेको र कालिगण्डकी अस्पताल कावासोतीमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

पश्चिमबाट पूर्व जाँदै गरेको प्रहरी चढेको गाडीलाई तिब्र गतिमा रहेको एम्बुलेन्सले पछाडी पट्टिको भागमा ठक्कर दिई अनियन्त्रित भएर पल्टिएको प्रहरीको भनाई छ ।

प्रतिकृया दिनुहोस