बलात्कारीलाई आजीवन कारावासको माग

Karagar chalan

वीरगञ्ज । प्रदेश नं २ मा लगातार बलात्कारको घटना बढ्न थालेपछि बलात्कारीलाई आजीवन कारावास हुनुपर्ने माग हुन थालेको छ ।

प्रदेश नं २ का मुख्य न्यायाधिवक्ता दीपेन्द्र झाले फौजदारी संहितामा बलात्कारीलाई आजीवन कारावासको व्यवस्था भएकाले यसलाई कार्यान्वयनमा ल्याउन प्रदेश सरकारले प्रयास गरिरहेको बताए ।

उक्त कानूनलाई कार्यान्वयनमा ल्याउन प्रहरी र सरकारी वकिलको कार्यालयलाई निर्देशन दिइएको जानकारी दिँदै उनले यस्ता घटनाको अनुसन्धान चाँडो गर्न र कसुरदारलाई कानून बमोजिम सजाय दिन छलफल भई रहेको बताए ।

विगत छ महीनामा १३६ चेलीबेटी बलात्कारको सिकार भएपछि प्रदेश सरकारले यसतर्फ चासो बढाएको हो ।

प्रदेश प्रहरीका अनुसार १० वर्षदेखि १६ वर्षसम्मका बालिका बलात्कारको सिकार भएका थिए ।

सो अवधिमा ६८ बलात्कारको प्रयाससम्बन्धी घटनामा ७६ जनामाथि कारबाही चलाइएको प्रहरीले जनाएको छ ।

उक्त कानूनको प्रभावकारी कार्यान्वयन नहुनाले अपराधीको मनोबल बढ्दै गएको र कतिपय घटना गाउँघरमै मिलाउने गरेको पाइएको छ ।

जनकपुरस्थित प्रदेश प्रहरी कार्यालयका प्रवक्ता दानबहादुर थापाका अनुसार अहिले पनि आरोपीमध्ये ८० प्रतिशत फरार रहेकाले उनीहरूको खोजी भइरहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...