बच्चालाई पखाला लागेमा यसो गर्नुस

Baby

काठमाडौं । मौसम परिवर्तनसँगै ज्वरो आउने, टाइफाइड हुने, झाडापखालाजस्ता रोगहरू लाग्ने गर्छन् । विशेषगरी, यो सिजनमा बालबालिकाले मात्र नभएर सबैले सचेतना अपनाउनुपर्छ । सबैभन्दा बढी बालबालिका र वृद्धलाई जोगाउनुपर्छ । बालबालिका, वृद्ध र रोगी शारीरिक रूपमा पनि कमजोर हुने भएकाले मौसम परिवर्तनका कारण हुने संक्रमणबाट जोगाउनुपर्छ । बच्चालाई पखालाबाट यसरी बचाउन सकिन्छ स्

बच्चालाई झाडापखाला लागे एक लिटर सफा पानीमा एक प्याकेट जीवनजल हालेर खुवाउनुपर्छ । जति पखाला लाग्छ त्यति नै मात्रामा जीवनजल–पानी खुवाउनुपर्छ । पानीमा विभिन्न कीटाणु मिसिएका हुन सक्छन् । त्यसैले पानी खुवाउँदा उमालेर मात्र खुवाउनुपर्छ ।


बाहिर गएर आएपछि बच्चालाई बोक्नुअघि राम्रोसँग हातखुट्टा धुनुपर्छ । साथै, बच्चालाई खाना खुवाउँदा हात धोएर मात्र खुवाउनुपर्छ ।  बच्चालाई बाहिरको ड्राइफुड खुवाउनु हुँदैन । घरको अर्गानिक खानेकुरा दिनुपर्छ । प्याकेटमा बन्द खानेकुरा खुवाउनुहुँदैन ।

आमाको दूध खाने बच्चालाई बोतलमा दूध खुवाउनुहुँदैन । बोतल जति सफा गरे पनि बोतलमा कीटाणु रहिरहन्छ । पखाला लाग्दा गाई–भैँसीको दूध खुवाउनुहुँदैन । प्रशस्त आमाको दूध र जीवनजल खुवाउनुपर्छ ।

पखाला लागे पानी खुवाउनुहुँदैन भन्ने गलत मानसिकता समाजमा छ । यो गलत हो । पखाला रोक्ने जथाभावी औषधि पनि खुवाउनुहुँदैन । झाडा लाग्यो भने रोक्नुपर्छ भन्ने मानसिकता छ । यो एकदम गलत मानसिकता हो । पखालाबाट कीटाणु र फोहोर जाने हुँदा पखाला औषधिले कहिल्यै रोक्नुहुँदैन ।

सडेगलेको र दूषित खानेकुराले पखाला लागेको भए चारदेखि पाँच दिनमा आफैँ रोकिन्छ । औषधिभन्दा पनि सकेसम्म जीवनजल प्रशस्त खुवाउनुपर्छ । जति पखाला लाग्छ त्यति नै खुवाउन आवश्यक छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...