भावी रणनीति तय गर्न स्वतन्त्र मधेश गठबन्धनको राष्ट्रिय परिषद् बैठक आगामी चैतमा

Ck raut

काठमाडौं । सिके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनको राष्ट्रिय परिषद् बैठक बस्ने भएको छ ।

गत शुक्रबार मात्रै सरकारसँग ११ बुँदे राजनीतिक सहमति गरी मूलधारको राजनीतिमा फर्किएका राउतले गठबन्धनको राष्ट्रिय परिषद् बैठक बोलाएका हुन् ।

बैठक आगामी चैत ४ र ५ गते जनकुपुरमा बस्नेछ । गठबन्धनले सरकारसँग गरेको सम्झौतालाई ऐतिहासिक सफलता र विजय भएको बताउँदै यसपछिको रणनीति तय गर्न बैठक डाकेको जनाएको छ ।

राष्ट्रिय परिषद् बैठकमा सामेल हुने सबै पार्टी सदस्यलाई चैत ४ गते सोमबार बिहान ‍७ बजे भित्रै कार्यक्रम स्थलमा आउन सूचित गरिएको छ ।

सरकारसँग सहमति गरेको दोस्रो दिनमै गृहनगर जनकपुर पुगेका राउतको गठबन्धनका नेताकार्यकर्ताले भव्य स्वागत गरेका थिए । सो क्रममा पुरानै शैलिमा स्वतन्त्र मधेशु लेखिएका ब्यानर तथा नारा गुञ्जिएको भन्दै राउतले सरकारलाई झुक्याएको र पुरानै अवस्थामा रहेको भनि टिप्पणी भएको थियो ।

गठबन्धनको राष्ट्रिय परिषद् बैठकले सरकारको सहमतिलाई कसरी अर्थ्याउनेछ र भावी कार्यदिशा कस्तो बनाउनेछ भन्नेमा सबैको चासो रहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...