सरकार र सिके राउतसँगको सम्झौतामा अपरिपक्व : कांग्रेस नेता पौडेल

Ram chandra paudel

अर्घाखाँची । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सिके राउतसँग जुन सम्झौता सरकारले गर्यो, त्यो अपरिपक्क खेल जस्तै भएको र सम्झौतामा उल्लेख गरिएका बुँदा हस्ताक्षर गर्ने खालको नै नभएको बताए ।

'राष्ट्रिय स्वतन्त्रता र अखण्डाताको सवालमा आपत्तिजनक छ, यसमा सरकारले स्पष्ट जवाफ दिनुपर्छ', प्रेस युनियनले सन्धिखर्कमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने ।

'राउतले राष्ट्रिय अखण्डतामा माथि आँच आउने काम अब मैले कुनैपनि गर्दिनँ भन्ने हुनुपर्थ्यो, त्यो भएन, सरकारले अपरिपक्क र राष्ट्रियप्रति गम्भीर देखाएन,’ उनले भने ।

सत्ताधारीको नियत माथि आशंका भएको छ । जनकपुरमा स्वागत गर्दा जुन प्रकारको नाराबाजी भयो, त्यो आपत्तिजनक भएको उनले बताए ।

प्रधानमन्त्री केपी ओली सरकारले काम गर्ने सुनौलो अवसर र मौका पाएपनि एक वर्ष खेर फालेको बताए ।

जनताले कम्युनिस्टलाई पत्याएर भोट दिएको तर, कम्युनिष्टले जनतालाई झुक्याएर सबै गफ मात्रै गरेको आरोप लगाए ।

'जे गर्न सम्भव छैन, प्रधानमन्त्री ओली फ्याट्टै त्यही बोलिहाल्ने र जनतालाई गुमराहमा राख्ने काम बाहेक केही भएन,’ उनले भने, ’विकास र समृद्धिका काम केही भएनन् ।

गाउँमा बाटो, विजुली, स्वास्थ्य, शिक्षा, सञ्चार कांग्रेसले ल्याएको हो । कम्युनिष्टले थोरै काम पनि गरेन ।’ सरकार भ्रष्टाचारै भ्रष्टाचारमा चुलुम्म डुबेको उनले बताए ।

ओलीले प्रधानमन्त्री भएपछि भ्रष्टाचार गर्दिनँ, गर्न पनि दिन्नँ, शुन्य सहनशीलताको कुरा गरेको तर, अहिले जताततै भ्रष्टाचारै भ्रष्टाचार काण्डैकाण्डमा फसेको उनले बताए ।

’शान्त, सहज परिस्थिति भएपनि काम गर्न सकेन । भ्रष्टाचारले विकास रोक्छ, सरकाले शान्ति दिन सकेन, काम गर्ने शैली नै जानेन,’ उनले भने ।

तराइका जिल्लामा सिचाइँ र्पुयाएर उत्पादन बढाउनुको सट्टा पानी जहाजको कुरा ठीक नभएको उनले बताए ।

'ओलीले गफैगफमा एक वर्ष बिताए, उनको जीवनै गफमै बित्ने भो,’ उनले भने । जहाँसम्म विप्लवको कुरा छ, सर्पको खुट्टा सर्पले नै देख्छ, पुष्पकमल दाहालले गरेको दस वर्षे द्वन्द्व र ओलीले झापा काण्ड गरेर आएकाले विप्लवलाई पनि आफैं समाधान गर्नुपर्ने उनको तर्क छ ।

विप्लवलाई शान्ति प्रक्रियामा ल्याउन छाडेर देशलाई अशान्ति र द्वन्द्वमा फसाएको पौडेलले बताए ।

उनले पार्टीको महाधिवेशन समयमै गर्न पार्टी सभापति शेरबहादुर देउवालाई आग्रह गरेको बताए ।

महाधिवेशनमा नेतृत्वमा सर्वसम्मत हुने पनि सक्ने पौडेलले बताए ।

उनले कांग्रेस र जनताले विकास र समृद्धिको काममा आवाज उठाएर अघि बढनुपर्ने पनि बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...