प्रदेश लोकसेवा आयोगका सदस्य उमेर हद घटाइयो

1758561138181876403353681376 384941352339404 715204864732299264 n.

काठमाडौं । प्रदेश लोकसेवा आयोगका सदस्यका लागि प्रस्तावित ४५ वर्ष पूरा हुनुपर्ने उमेर हद घटाइएको छ। अध्यक्षका हकमा ४५ वर्ष कायम राख्दै सदस्यका हकमा १० वर्ष घटाएर ३५ बनाइएको हो।

संघीइ संसद अन्तर्गत राज्य व्यवस्था समितिमा दुई दिनदेखि उक्त विषयमा बहस भएको थियो। सरकारले संघीय लोकसेवा आयोगकै मापदण्ड अनुसार प्रदेश लोकसेवा आयोग गठन गर्ने प्रस्ताव गरेको थियो। तर, युवाहरुको ऊर्जा, क्षमता र ज्ञानलाई नजरअन्दाज गर्न नसकिने भन्दै केही सांसदहरुले संशोधन हालेका थिए। 

निजी क्षेत्रमा ३५ वर्षको उमेर समूहकाले विभिन्न कम्पनीको नेतृत्व गर्दै सफल भइरहेको दृष्टान्त अघि सार्दै उमेर हद घटाउने पक्षमा समितिका अधिकांस सदस्य सांसदहरुले राय राखेका थिए।

मंगलबार पनि उमेर हद घटाउनु पर्ने विषयमा सांसदहरु यशोदा सुवेदी, नवराज सिलवाल, रेखा शर्मा, प्रेम सुवाल, देवेन्द्रराज कँडेललगायले आफ्ना धारणा राखेका थिए। सरकारका तर्फबाट आफ्ना कुरा राख्दै प्रदेश लोक सेवा आयोग नयाँ संरचना भएकाले अनुभवी व्यक्ति जरुरी रहेको कानून मन्त्री भानुभक्त ढकालको दाबी थियो।

दुई दिनदेखि सरकार र सांसदहरुबीच भएको उमेरहदको विवादमाम मंगलबार सहमतिमा टुंगिएको थियो। अध्यक्षका लागि ४५ वर्ष नै तोकिने सहमतिपछि सदस्यको उमेर हद हेरफेर गर्न सरकार राजी भएको हो।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...