जनमत संग्रह गर्ने सहमति भएको होइन: गृहमन्त्री थापा

Rambahadur thapa badal

काठमाडौं  । सरकारले स्वतन्त्र मधेस गठबन्धनसँग जनमतसंग्रह गर्ने कुनै सहमति नभएको स्पष्ट पारेको छ । सीके राउतले सरकारसँग जनमतसंग्रह गर्ने सहमति भएको भन्दै ब्याख्या गर्न थालेपछि सत्तारुढ र विपक्षी सांसदहरुले यसबारे संसदमा जवाफ माग गरेलगत्तै गृहमन्त्री रामबहादुर थापाले जनमतसंग्रहको कुनै सहमति नभएको स्पष्ट पारेका हुन् ।

सहमतिका बारेमा सांसदहरुले संसदमा प्रश्न उठाएपछि जवाफ दिँदै गृहमन्त्री थापाले जनमत संग्रहमा जाने भन्ने सहमति भएको भन्ने प्रचार भ्रामक रहेको बताए । उनले सहमतिमा जनमत संग्रहको कुरै नगरिएको जिकिर गरे ।

संविधानले पनि प्रदेशलाई अलग्गै देश बनाउनका लागि जनमत संग्रह गर्ने अधिकार नै नदिएको भन्दै गृहमन्त्री थापाले यो विषयमा भ्रम नछर्न आग्रह गरे ।

राउत नेतृत्वको गठबन्धनले नेपालको संविधान र सार्वभौमिकता स्वीकार गरेपछि मात्र सहमति भएको उनको भनाइ थियो । स्वतन्त्र मधेसको स्थापना गर्ने लक्ष्यलाई राउत समूहले परित्याग गरेको गृहमन्त्री थापाको जिकिर छ ।

गृहमन्त्री थापाले राउतले सरकारलाई धोका दिए आफैं समाप्त हुने चेतावनी पनि दिए । उनले सम्झौता राष्ट्रघाती नभएको जिकिर गरे ।

नेपाल भौगोलिक र क्षेत्रीय अखण्डताको रक्षामा सहमतिले महत्वपूर्ण उपलब्धि हासिल गरेको सरकारको निष्कर्ष रहेको गृहमन्त्री थापाको भनाइ छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...