सिके राउतसंगको सहमतिले राष्ट्रको स्वतन्त्रतामाथि गम्भीर संकट ल्याउने : पूर्वमन्त्री थापा

Niranjan thapa

बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा पूर्वमन्त्री निरञ्जन थापाले सरकार र सिके राउतबिचको सम्झौता राष्ट्रको स्वतन्त्रतामाथि गम्भीर संकट ल्याउने गरी गलत भएको बताएका छन् ।

पूर्वकानुन मन्त्री समेत रहेका थापाले कहिल्यै उपनिवेशन नभएको नेपालको तराईमा जनमत संग्रह गराउने गरी स्वतन्त्र मधेशको माग गर्दै हिँडेको व्यक्तिसँग सरकारले सम्झौता गर्नु मुलुकका लागि दुभाग्यपूर्ण भएको बताएका हुन् ।

नेपालको स्वतन्त्रतामाथि गम्भीर संकट ल्याउने गरी राष्ट्रहित विपरीत सम्झौता भएको थापाको भनाई छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले सञ्चालन गरेको मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्राबारे जानकारी दिन बुटवलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा थापाले स्वतन्त्र मधेशका मुद्दा बोकेको सिके राउतसँगको सम्झौता दुर्भाग्यपूर्ण भएका बताए ।

उनले उनीलाई शान्तिपुर्ण राजनीतिमा ल्याउनु सकारात्क भएपनि राउतसँग गरिएका केही सम्झौताहरु गतल रहेको बताए ।

थापाले सनातन हिन्दूराष्ट्र नेपालको पुनःस्थापना गर्न आफूहरू स्वाभिमान यात्रामा हिँडेको बताए ।

फागुन १५ गते ताप्लेजुङबाट शुरू गरिएको अभियान सोमवार बुटवलमा आइपुग्ने पार्टीका अर्का नेता प्रदीप उदयले जानकारी दिए । यात्रा आइतवार नेपालगञ्जमा चल्नेछन् ।

नेपालगञ्जबाट सोमवार बिहान हिँडेर दिउँसो बुटवलको ट्राफिक चोकमा विशाल सभा गरिने सभालाई पार्टीका अध्यक्ष कमल थापा, वरिष्ठ नेता दीपक बोहोरा नेताहरू निरञ्जन थापा र बुद्धिमान तामाङले सम्बोधन गर्नेछन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...