नेकपामा दुबै अध्यक्ष रौतहट जाँदै, सुध्रिएला त मधेशसँगको सम्बन्ध ?

Oli prachanda

काठमाडौं । पार्टी एकीकरणपछि पहिलो पटक नेकपाका दुवै अध्यक्षले मधेश पुगेर सम्बोधन गर्ने भएका छन् । पार्टी एककीरण, नेकपा र सरकारको सन्देश मधेशलाई दिनका लागि पहिलो पटक दुवै अध्यक्ष मधेसको जनसभामा उपस्थित हुने भएका हुन् ।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड रौतहटमा आज हुने जनसभालाई सम्बोधन गर्न जान लागेका हुन् । रौतहटको गरुडामा हुने प्रदेशस्तरीय जनसभालाई दुवै अध्यक्षले सम्बोधन गर्न लागेको नेकपा प्रदेश नम्ब २ का अध्यक्ष प्रभु साहले जानकारी दिए ।

प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डले गर्ने सम्बोधनमा प्रदेश दुईका करिब एक लाख नागरिक सहभागी हुने जनाइएको छ ।

शुक्रबार मात्रै स्वतन्त्र मधेशको माग गर्दै आन्दोलनमा रहेका डा. सिके राउतलाई शानितपूर्ण तरिकाले मुलधारको राजनीतिका अवतरण गराएपछि नेकपाका अध्यक्षद्धयको मधेश भ्रमणलाई निक्कै महत्वका साथ हेरिएको छ ।

केही दिनअघि मात्रै सरकारलाई राजपाले दिएको समर्थन फिर्ता लिएको छ । यसलाई चिर्न पनि यो भ्रमण फलदायी हुने अपेक्षा गरिएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...