नारी दिवसमा खयरगोली र लाछिमस्यु सम्मानित

Vaktapur cheli samman

भक्तपुर । १०९औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा भक्तपुरकी दुई चेली हायात वाउ उमेन एचिभर एवार्ड २०१९ बाट सम्मानित भएका छन् ।

हायात होटल र मिडिया ९ प्रालिको संयुक्त साझेदारीमा यस वर्षको १५ जना उत्कृष्ट महिलामध्येबाट ५ विधाअन्तर्गत सामाजिक सेवा तथा उत्थानमा सहयोग गर्न सफल भक्तपुरकी पद्मा खयरगोली माइती नेपालका संस्थापक अनुराधा कोइरालाबाट सामाजिक कार्य तथा सक्रियता विधामा हायात वाउ वमेन एचिभर एवार्ड २०१९ बाट सम्मानित भएकी छन् ।

महिला हिंसा, बलात्कार, अपहरण, हत्या बढ्दै गएको सन्दर्भमा छात्राबीच आत्मरक्षाको तालिममा क्रियाशील पद्माले नेपाल सेल्फ डिफेन्स एसोसियसनमार्फत आत्मरक्षा तालिम सञ्चालन गर्दै आएकी उनलाई यस कामको सम्मान स्वरुप सम्मान दिइएको हो । २०५१ सालदेखि सितेरियो कराँते खेलमा आबद्ध उनी कराँते तथा किक बक्सिङका अन्तर्राष्ट्रिय खेलाडीसमेत हुन् ।

त्यसैगरी नेवार समुदायमा धिमे लगायतका परम्परागत नौ बाजाकी सफल वाद्यवादक कलाकार इन्दिरा लाछिमस्युलाई कलाकारिता विधाका लागि सम्मानित भएकी छन् । छोरीचेलीले बाजा सिक्नु हुन्न भन्ने मान्यता तोड्दै प्रतिकूल समयमा परम्परागत बाजा सिकेकी इन्दिरा हाल नयाँ पुस्तालाई आफूले जानेको कला सिकाउँछिन् ।

उनले तीन वर्षदेखि छुट्टै पहिचान बोकी समाजमा आफ्नो स्थान बोक्न सफल विभिन्न विधाका महिलालाई मिडिया ९ प्रालिले सम्मान तथा अवार्ड वितरण गर्दैै आएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...