वीरगञ्जमा राप्रपा संयुक्तको जिल्ला भेला सम्पन्न

Rpp sanyukt 24

वीरगञ्ज । माघ १८ मा मात्रै दुई वटा पार्टी मिलेर बनेको राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) ले प्रदेश स्तरीय र जिल्ला भेला तीव्र बनाएको छ ।

यसैक्रममा शुक्रबार वीरगञ्जमा जिल्ला स्तरीय भेला सम्पन्न भएको छ । सो भेलामा कार्यक्रममा अध्यक्षद्धय पशुपति समशेर राणा र डा. प्रकाशचन्द्र लोहनीले सम्बोधन गरे ।

सो भेलामा बोल्दै अध्यक्ष डा. लोहनीले वर्तमान सरकारको कारण देश अराजकता र वेतिथितिर जान थालेको आरोप लगाए । स्वयम अर्थमन्त्रीले विकास अनुदान बिचौलियाले खाए भन्न थालेकाले पनि त्यही संकेत देखिएको उनको भनाई थियो । उनले बिचौलिया नियन्त्रण गर्न नसक्ने भए सरकारले कुर्सीमा बस्नुको कुनै औचित्य नभएको बताए ।

डा. लोहनीले भ्रष्टाचार र ठुला गफलाई आफ्नो विषेषता बनाएको वर्तमान सरकारको क्रियाकलाप निन्दनीय रहेको बताए । ‘यसको विरुद्ध संघर्ष गर्नु एउटा मात्र विकल्प नेपाली जनतासँग छ’ उनले भने, ‘सरकारले गलत बाटो समातेको छ । यसले देशलाई सही बाटोमा लैजादैन ।’

सो भेलामा अर्का अध्यक्ष राणाले परम्परागत शक्ति र हिन्दु राष्ट्रको लागि आउँदो जेठ महिनादेखि आन्दोलनको आधिबेहरी ल्याउने दावी गरे । उनले त्यसका लागि तयार रहन कायृकताृलाई निर्देशन दिए ।

‘वास्तवमै सिंह दरवारको अधिकारको नाममा जनताको घरदैलोमा यो सरकारले करको भार पुराएको छ । भ्रष्टाचारले जनताको जीवनस्तर खस्काए छ’ राणाले भने, ‘कुसासन मात्र यसले उपहार दिएको हुँदा यसविरुद्द संघर्ष गर्ने अठोट गरेका छौं ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...