सिके राउत भन्छन्, हामी बुद्धका सन्तान हौं

Dr.ck raut

काठमाडौं । स्वतन्त्र मधेश आन्दोलनका माग गर्दै आएका डा. सिके राउतले हिंसाले मात्रै अधिकार प्राप्त गर्न नसक्ने बताएका छन् ।

सरकारसँग भएको १० बुँदे सहमतिमा हस्ताक्षर गर्दै डा. राउतले आफुलाई बुद्धको सन्तानको रुपमा व्याख्या गरे । ‘हामी बुद्धका सन्तान हौं । अहिंसाको बारेमा कसैले सिकाउनु पर्दैन’ उनले भने, ‘जहाँ गए पनि अहिंसाले छोइरहन्छ । हामीले बुद्ध र गान्धीका आदर्शलाई आत्मसाथ गर्दै अघि बढ्यौं ।’

उनले आफुलाई शान्तिपूर्ण तरिकाले राजनीतिक लाइनमा अवतरण गराउन पहल गरेकोमा सरकारलाई बारम्बार धन्यवाद दिए । ‘हामीमाथि राज्यको दमन भए पनि प्रतिसोधको भावना कहिले आएन । हामीमाथि दमन हुँदा पनि हामी फुलको आनदोलन ग¥यौं’ उनले भने, ‘त्यसको प्रभाव सरकारमाथि प¥यो । हाम्रो आन्दोलनमा दमन भएन । यसका राज्य र प्रहरी उद्धार बन्यो । यो अवस्थासम्म ल्याउन खेलेको भुमिकाप्रति हामी आभारी छौैं ।’

‘हामी ऐतिहासिक मोडमा आएका छौं । हामीलाई सुरक्षित रुपमा अवतरण गराएकोमा सम्माननीय प्रधानमन्त्री ज्यूलाई धन्यवाद’ उनले भने, ‘विगतमा पनि सम्मानीय पूर्व प्रधानमन्त्री डा. बाबुरमा भट्टराई, शेरबहादुर देउवा, सुशील कोइराला, पुष्पकमल दाहाल प्रचण्ड, र शेरबहादुर देउवा पनि धन्यवादका पत्रा हुनुहुन्छ ।’

राउतले आन्दोलनका क्रममा आफुमाथि राज्यले पटकपटक धरपकड गर्दा पनि फुलको आन्दोलनले सरकारलाई जवाफ दिएका कारण अहिले सरकारको मन पग्लिएको बताए ।

‘हाम्र कार्यकर्ता घाइते पनि भए । हामीविरुद्ध अझैं पनि राज्य विरुद्धको मुद्धा जारी पनि छ’ उनले भने, ‘ मोरङमा प्रहरी दमनमा पर्दा खुट्टा भाचियो । यति हुँदाहुँदै पनि शान्तिपूर्ण मागप्रति कहिले विचलित भएनौं । त्यसैको परिणाम आज भएको छ । आजको सम्झौता पाठ बनेको छ ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...