हतियार व्यवस्थापनका क्रममा केही हतियार चोरी भएका छन् : नेकपाका अध्यक्ष प्रचण्ड

Parchanda

काठमाडौं  । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले हतियार व्यवस्थापनका क्रममा केही हतियार चोरी भएको स्पष्ट पारेका  छन्।

अर्धभुमिगत नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीतर्फ लक्षित गर्दै प्रचण्डले शान्ति सम्झौता भएपछि केही हतियार चोरी भएको बताएका हुन्। सेनाको व्यवस्थापन गर्ने क्रममा केही हतियार पार्टीभित्रै चोरी भएको संकेत उतिबेलै पाएको उनले बताए। 

कार्यक्रममा बोल्दै नेपाल कम्युनिस्ट पार्टी (विप्लव)का गतिविधि नियन्त्रण गरिने उनले बताए। उनले भने, ‘हत्या हिंसाका घटना नियन्त्रण गर्न सरकार अघि बढ्छ। सहमतिमा ल्याउनका लागि सरकारले आफ्नो हदको प्रयास गरिसकेको छ।’ 

जनताको बलिदान र जनआन्दोलनपछि बनेको शक्तिशाली सरकारलाई असफल बनाउने काम सरकारले निस्तेज पार्ने बताएका उनले अतिवाद सैह्य नहुने बताएका थिए। 'त्यस्ता काम राजनीतिक र प्रशासनिक दुबै तरिकाले नियन्त्रण गरिनेछ,’उनले भनेका थिए। 

नेकपाको एकीकरण हुन नदिन र दुई अध्यक्षलाई फुटाउन केही अन्तर्राष्ट्रिय शक्ति लागेको उनले बताए। मन्त्रीमण्डल पुर्नगठनको अधिकार प्रधानमन्त्रीमा रहेको बताए। उनले भने, ‘मन्त्रीमण्डल हेरफेर बारे प्रधानमन्त्रीसँग हालसम्म छलफल भएको छैन।’

पार्टी एकिकरणको काम अन्तिम चरणमा पुगेको उनले बताए। 'प्रदेश कमिटिमा रहनेहरुको प्रस्ताव करिब सकिएको छ,' उनले भने, ‘एक दुई दिनमा प्रस्तावित नामहरू बाहिर आउँछ।’

राजपाले सरकारमा जाने विषयमा भने छलफल नभएको उनले बताए। राजपाले सरकारलाई दिएको समर्थन फिर्ता नगर्नेमा उनी ढुक्क देखिए। संघीय समाजवादीलाई सरकारमा ल्याउने क्रममा भएको संविधान संसोधनको सहमति आवश्यकता अनुसार अघि बढ्ने बताए।

प्रतिकृया दिनुहोस