सरकारले अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्न खोजेको छः सभापति देउवा

Deuba

जनकपुर, फागुन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले एक वर्षको अवधिमा कुनै पनि महत्वपूर्ण कार्य गर्न नसकेको बताएका छन् । नेपाल प्रेस युनियन धनुषाले जनकपुरमा गरेको पत्रकार सम्मेलनमा उनले सरकार कार्यमुखीभन्दा पनि प्रचारमुखी भएको आरोप लगाए ।

नेपाली कांग्रेसले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गरेको भन्दै उनले सरकार संघीयतालाई समेत कमजोर बनाउने लागिरहेको धारणा राखे ।सभापति देउवाले सरकार प्रेस नियन्त्रण गर्न उद्यत रहेको भन्दै प्रेस स्वतन्त्रतालाई कुनै हालतमा कुण्ठित हुन नदिने बताए ।

प्रदेश नं २ को कामकाजको भाषा मैथिली र प्रदेशको नामकरण मिथिला वा मिथिला–भोजपुरा उपयुक्त हुने देउवाको सुझाव थियो । 

 

 

प्रतिकृया दिनुहोस