नेता केसी भन्छन् : सहमतिमै विधान संशोधन हुनु राम्रो

Arjun nursing kc

विराटनगर । नेपाली काङ्ग्रेका केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले पार्टीलाई निर्देशन र विचार प्रवाह गर्ने विधान सहमतिमा संशोधन हुनु राम्रो हो भनेका छन् ।

नेपाल प्रेस युनियन मोरङशाखाद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाटमा उनले भने, 'पार्टी महासमितिको निर्णयलाई फेरबदल गर्नु नेतृत्वको कमजोरी हो ।'

नेता केसीले काङ्ग्रेसको विधान पूर्णरुपमा समावेशी र लोकतान्त्रिक रहेको उल्लेख गर्दै सङ्घीयताको मूलमर्म सिंहदरबारको अधिकार गाउँसम्म पुर्याउनु रहेको बताए ।

'वर्तमान चुनौतीलाई सामना गर्नसक्ने नेतृत्वको कमीलाई पूरा गर्न पार्टीको महाधिवेशन समयमै हुनुपर्ने हाम्रो माग हो', उनले भने, 'संविधानको प्रभावकारी कार्यान्वयन र भ्रष्टाचार नियन्त्रणमा सरकार गम्भीर हुनुपर्छ ।'

प्रतिकृया दिनुहोस