नेकपाले ३ दिनसम्म पार्टीको झण्डा आधा झुकाउने, आजै श्रद्धाञ्जली वक्तब्य जारी गर्ने

Nekapa bilding

काठमाडौं । नेकपाको सचिवालय बैठकले देशभरिका पार्टी कार्यालयमा ३ दिनसम्म पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ। गएराती निधन भएका नेकपा नेता एवम् पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीको शनिबार साँझ निधन भएपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीले बिहान आकस्मित सचिवालय बैठक डाकेका थिए।

बैठकले २३ गते स्व रवीन्द्र अधिकारीको सम्मानमा आयोजित श्रद्धाञ्जली सभामा नेता भरतमोहनको लागि सम्मान व्यक्त गर्ने पनि निर्णय गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । आजै पार्टीको तर्फबाट अध्यक्षद्वयले श्रद्धाञ्जली वक्तब्यसमेत जारी गर्ने नेता प्रवक्ता श्रेष्ठले जानकारी दिए।

प्रतिकृया दिनुहोस