प्रदेश लोकसेवा आयोग विधेयक, २०७५’ प्रतिनिधिसभाबाट स्वीकृत

Samsad

काठमाडौं । प्रतिनिधिसभाको शुक्रबार बसेको दोस्रो बैठकले ‘प्रदेश लोकसेवा आयोग (आधार र मापदण्ड निर्धारण) विधेयक, २०७५’ लाई विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले प्रस्तुत् गरेकोे विधेयकलाई बैठकले सर्वसम्मतिले स्वीकृत गरेको हो ।

प्रस्ताव प्रस्तुत् गर्दै मन्त्री ढाकालले प्रदेशमा लोकसेवा आयोगलाई सहजरुपमा काम गर्ने वातावरण बनाउने लक्षयका साथ विधेयक ल्याइएको बताए । उनले आयोगमा एकरुपता ल्याउन र प्रदेशका लोकसेवाले सङ्घीय लोकसेवा आयोगसँग सहयोग मागेको खण्डमा उपलब्ध गराउने व्यवस्था गरिएको बताए । प्रतिनिधिसभाको आज बसेको दोस्रो बैठकले दुई विधेयकका संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्तावलाई स्वीकृत गरेको छ ।

कानुनमन्त्री ढकालले प्रस्तुत् गरेको ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७५’ का सम्बन्धमा राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस’ भन्ने प्रस्ताव स्वीकृत गरेको हो । बैठकले मन्त्री ढकालले नै प्रस्तुत् गरेको ‘नेपालको संविधानअनुकूल बनाउन केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०७५ का सम्बन्धमा पनि राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस’ भन्ने प्रस्ताव पनि स्वीकृत गरेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...