अधिकारीको शव अन्तिम श्रद्धाञ्जलीका लागि नेकपा कार्यालय धुम्बाराहीमा राखिने

Bharatmohan adhikari edited

काठमाडौं। पूर्व अर्थमन्त्री तथा नेकपाका नेता भरतमोहन अधिकारीको शनिवार राति निधन भएको छ । ह्याम्स अस्पतालमा भेन्टिलेटरमा राखिएका अधिकारीको शनिबार राति निधन भएको चिकित्सकले घोषणा गरेका थिए ।

नेकपा नेता कृष्णगोपाल श्रेष्ठले नेता अधिकारीको शव अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय धुम्बाराहीमा आज बिहान ९ देखि १२ बजेसम्म राखिने जानकारी गराएका छन् ।

२००८ सालदेखि राजनीतिमा संलग्न अधिकारीले ४ वर्ष भूमिगत, ३ वर्ष निर्वासन र ३ वर्ष बन्दी जीवन बिताएका थिए ।

नेपालमा कम्युनिष्ट पार्टीको पहिलो निर्वाचि सरकार २०५१ मा अधिकारी अर्थमन्त्री बनेका थिए । मनमोहन अधिकारीको ९ महिने शासनकालमा उनले आफ्नो गाउँ आफैं बनाउ, वृद्ध भत्ता स्थानीय निकायलाई सोझै अनुदानको व्यवस्था गरेका थिए ।

अधिकारीका तीन छोरी छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...