पहिलो एकदिवसीय क्रिकेटमा भारत र अष्ट्रेलिया भिड्दै

1551287435aus

काठमाडौं । घरेलु टोली भारत र अष्ट्रेलियाबीचको पहिलो पहिलो एकदिवसीय क्रिकेट आज (शनिबार) हुँदैछ । पाँच खेलको सिरिज अन्तर्गत पहिलो खेलका लागि शनिबार भारत र अष्ट्रेलियाले भिड्न लागेका हुन् ।

हैदरावादस्थित राजिब गान्धी क्रिकेट स्टेडियममा भारत र अष्ट्रेलियाबीचको खेलमा दिउँसो १:४५ बजे खेल सुरु हुनेछ । र, दुवै टोली पहिलो खेलमा जित निकाल्दै सिरिज कब्जा जमाउने लक्ष्यसहित मैदान उत्रने छन् ।

यस सिरिज दुवै टोलीका लागि सन् २०१९ को विश्वकप अघिको अन्तिम एकदिवसीय सिरिज पनि हो । यसै सिरिजबाट दुवै टोलीले विश्वकप खेल्ने खेलाडीको टुंगो लगाउने छन् ।

पहिलो खेलमा भारतका हार्दिक पाण्ड्या चोटका कारण सिरिजबाट बाहिर छन् । उनको स्थानमा विजय शंकरले मौका पाउने सम्भावना रहेको छ ।

पछिल्लो केहि एकदिवसीय खेलमा खराब प्रदर्शन गरिरहेका अष्ट्रेलियाका मिचेल स्टार्क र जस हेजल्वुड चोटका कारण मैदान बाहिर रहेका छन् ।

स्टिभ स्मिथ र डेबिड वार्नर निलम्बनमा रहेका छन् । यस्तो अवस्थामा उस्मान ख्वाजा, जे रिचार्ड्सन, न्याथन कुन्टर नाइल र जसन बेहनड्रोफले मौका पाउने छन् ।

हेड टु हेड 

भारत र अष्ट्रेलियाबीच हालसम्म १ सय ३१ एकदिवसीय खेल भएको छ । जसमा अस्ट्रेलियाले ७४ र भारतले ४७ खेलमा जित हात पारेको छ । १० खेल नतिजाविहीन  टुङ्गिएको छ ।

राजिब गान्धी स्टेडियममा यी दुई राष्ट्रले २ पटक खेलेका छन् । दुवै खेल अष्ट्रेलियाले जितेको छ ।

अष्ट्रेलियाका कप्तान एरोन फिन्चका लागि यो १०० औं एकदिवसीय खेल हुनेछ । उनले ९९ खेलमा ११ शतक र १८ अर्धशतक बनाउदै ३ हजार ४ सय ४४ रन बनाउन सफल छन् ।

भारतका रोहित शर्मा ३ सय ५० छक्का प्रहार गर्न मात्र १ छक्का पछाडी रहेका छन् । भारतका लागि अन्तराष्ट्रिय क्रिकेटमा ३ सय ५० छक्का प्रहार गर्न महेन्द्र सिंह धोनी मात्र हुन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...