७ जनाकै शब सुकेटार ल्याइयो, खराब मौसमले काठमाडौं पठाउन समस्या

७ जनाकै शब सुकेटार ल्याइयो, खराब मौसमले काठमाडौं पठाउन समस्या

ताप्लेजुङ । पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको शब शुकेटार विमानस्थल ल्याइएको छ ।

दुर्घटनामा परि हेलिकप्टरमा सवार मन्त्री अधिकारीसहित प्रधानमन्त्रीका निजी सचिव युवराज दाहाल, यति एयरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक विरेन्द्रप्रसाद श्रेष्ठ, नेपाल नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर ध्रुवदास भोछिभोया, मन्त्री अधिकारीका पीएसओ अर्जुनकुमार घिमिरे र  क्याप्टेन प्रभाकर केसीको निधन भएको हो ।

बुधबार ४ जनाको शब सुकेटार ल्याइएकोमा बिहीबार ३ जनाको शब बिहान ताप्लेजुङको सुकेटारस्थित विमानस्थल ल्याएको छ । तर, खराव मौसमका कारण कुनै पनि हवाई उडान हुन सकिरहेको छैन । प्रहरीले मौसममा सुधार भएपछि सबै शब काठमाडौं पठाइने जानकारी दिएको छ ।

हेलिकोप्टर साविकको मैयुम गाविसको खप्टेढुंगामा दुर्घटना भएको थियो । मन्त्रीसहित ६ जनाको टोली पाथिभरा मन्दिर दर्शन गरेर तेह्रथुमको चुहानडाँडामा एयरपोर्ट निरीक्षणका लागि जाँदै गर्दा बीचैमा दुर्घटना भएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकप्रिय

झपट रावल यसकारण सामाजिक अभियान्ता हुन्

भपट रावल एक आन्दोलनको नाम हो, परिवर्तनको नाम हो र भरोसायोग्य कम्यूनिष्ट युवा नेताको नाम हो । काठम...