यस वर्षको ओस्कार अवार्डमा ‘ग्रीन बुक’ सर्वोत्कृष्ट चलचित्र घोषित

Peter fereli i4zl3xfv9o

काठमाडौं । यस वर्षको ओस्कार अवार्डमा ‘ग्रीन बुक’ सर्वोत्कृष्ट चलचित्र घोषित भएको छ । अमेरिकाको लस एन्जेलसमा आयोजित ९१ औं ओस्कार अवार्ड समारोहमा यूनिभर्सल पिक्चर्सद्वारा निर्मित चलचित्र ‘ग्रीन बुक’ उत्कृष्ट घोषित भएको हो । ग्रीन बुकले सर्वोत्कृष्ट चलचित्रसहित तीनवटा अवार्ड जित्यो ।

यो चलचित्रबाट अफ्रिकन मूलका अमेरिकी अभिनेता महेरसाला अलीले सर्वोत्कृष्ट सहायक अभिनेताको अवार्ड जिते । यसैगरी सर्वोत्कृष्ट मौलिक पटकथाको अवार्ड पनि ग्रीन बुकको नाममा रह्यो । सर्वोत्कृष्ट अभिनेताको अवार्ड भने ‘बोहेमियान रुहाप्सोडी’ बाट रामी मलेकले जितेका छन् । उनी यो विधामा पहिलोपटक मनोनयनमा परेका थिए ।

सर्वोत्कृष्ट अभिनेत्रीको विधामा ‘द फेभरेट’ बाट ओलिभिया कोलम्यानले अवार्ड पाएकी छन् । यसैगरी अल्फोन्सो कुआरोन सर्वोत्कृष्ट निर्देशकको अवार्ड जिते । चलचित्र ‘रोमा’ बाट उनले यो अवार्ड पाएका हुन् । कुआरोनले सर्वोत्कृष्ट विदेशी भाषाको चलचित्रका लागि पनि अवार्ड जितेका छन् । यसैगरी सर्वोत्कृष्ट सहअभिनेत्रीको अवार्ड चलचित्र ‘इफ बियल स्ट्रिट कुड टक’ बाट रिगिना किङलाई दिइएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...