नयाँ संरचनाअनुसार राष्ट्रिय यातायात नीति संशोधन गरीदै

Yatayat mantraluye

काठमाडौँ । भौतिक योजना तथा यातायात मन्त्रालयले राष्ट्रिय यातायात नीति, २०५८ को संशोधन गर्ने भएको छ । करीब सत्र वर्ष पुरानो राष्ट्रिय यातायात नीति २०५८ को संशोधन हुने बताईएको छ ।

मन्त्रालयका प्रवक्ता शिवहरि सापकोटाले पहिले यातायात भन्नाले सडक यातायात मात्रै भएकाले अहिले जल यातायात र रेल यातायातलाई समेटिने गरी संशोधनको तयारी भइरहेको बताए ।

उनका अनुसार सार्वजनिक यातायात व्यवस्थापनका विषयमा समेत नीतिले समेट्ने छ ।सापकोटाले भने, ‘नयाँ नीतिले सबै यातायात र त्यसका व्यवस्थापनमा कुन सरकारको भूमिका के हुनेछ भन्ने प्रष्ट पार्नेछ ।’

मन्त्रालयले अहिले सडक र यातायातसँग सम्बन्धित तीन वटा ऐनको संशोधनको समेत तयारी गरिहेको प्रवक्ता सापकोटाले बताए ।

सार्वजनिक सडक ऐन, २०३१, यातायात व्यवस्था ऐन, २०४९ र सडक बोर्ड ऐन, २०५८ संशोधनको क्रममा रहेको उनले जानकारी दिए ।

उनले भने, ‘नयाँ संरचनाअनुसार यातायात सेवा सञ्चालन र व्यवस्थापनका लागि नयाँ बन्ने व्यवस्थाले सहयोग गर्नेछ ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...