नयाँ डनले गरे साझेदारमाथि निर्घात कुटपिट : को हुन् ‘नयाँ डन’ ?

Kiran

काठमाडौं । विराटनगरको महेन्द्र चोकमा टेल एलेभेन रेष्टुरेन्ट चलाएका किरण लामाले शुक्रबार राति करिब १२ बजे आफ्ना व्यवसायिक साझेदार प्रह्लाद गुरागाईलाई बन्धक बनाएर निर्घात कुटपिट गरे ।

कुटपिट भइरहेको सूचना पाएर रेष्टुरेन्ट पुगेको प्रहरी टोलीले गुरागाईंको उद्दार गरी लामा र उनका सहयोगी पेप्सी लामा र पर्वत खड्कालाई पक्राउ पनि गर्यो । कुटपिटबाट घाइते गुरागाईंले भोलि केही हुने डरले प्रहरीमा जाहेरी भने दिएनन् ।

 

गुरागाईले जाहेरी नदिएपछि प्रहरीले आफ्नो प्रतिवेदनकै आधारमा लामाविरुद्ध मुद्दा चलाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी घनश्याम श्रेष्ठका अनुसार, लामाले राति होटल बन्द भएपछि बन्धक जस्तो बनाएर कुटपिट गरेका दिए ।

उनलाई मुलुकी फौजदारी संहिता २०७४ अन्तर्गत अभद्र व्यवहार मुद्दामा म्याद थप गरिएको डिएसपी श्रेष्ठले बताए ।

उनका अनुसार, शुक्रबार रेष्टुरेन्ट पुगेको प्रहरीहरुलाई पनि लामाले गेट बन्द गरेर डेढ घण्टा अवरोध गरेका थिए । अन्त्यमा प्रहरी टोली ताला फोरेर भित्र पसेको थियो । लामालाई छतमाथि लगाइएको टिनको छानाबाट प्रहरीले पक्राउ गरेको थियो ।

किरणको ‘कनेक्सन’

छोटो समयमा राम्रो आर्थिक प्रगति गरेका किरण लामाले विराटनगरमा ‘नयाँ डन’ परिचय बनाएका छन् । तत्कालिन नेकपा (एमाले) को युवासंघका नेता पर्शुराम बस्नेतको सहयोगी भएपछि उनको आर्थिक हैसियत एकाएक उकासिएको थियो ।

उनले टेन एलेभेन रेष्टुरेन्ट चाहिँ गुरागाईलाई साझेदार बनाएर खोलेका हुन् । लामाको कुटपिटबाट घाइते भएका गुरागाईले पर्शुराम बस्नेतकै दबावमा प्रहरीमा जाहेरी नदिएको स्रोत बताउँछ ।

लामा पछिल्लो समय मिटर ब्याज र जग्गा कारोबारमा पनि सक्रिय छन् । उनको नाममा बैंक खाता भने छैन । उनले सबै कारोबार सहयोगीहरुबाट गराउदै आएका छन् । पर्शुराम बस्नेतले उनलाई तत्कालिन युवासंघको जिल्ला सदस्य बनाएका थिए ।

लामाले मिटरब्याज र जग्गा कारोबारका लागि आफ्नो बेग्लै समूह बनाएको प्रहरी स्रोत बताउँछ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...