प्रधानमन्त्री ओली भन्छन्, ‘परिस्थिति, प्राथमिकता र जिम्मेवारी पनि बदलियो’

Oli 7

काठमाडौं । सरकारले सार्वजनिक विदा नदिए पनि ६९ औं राष्ट्रिय प्रजातन्त्र दिवस सरकारमै आयोजनामा भब्यरुपमा मनाइएको छ ।

६९ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसर पारेर मंगलबार सैनिक मञ्च, टुँडिखेलमा विशेष समारोह आयोजना गरिएको थियो ।

२००७ सालमा राणाशासन अन्त्य भई प्रजातन्त्र बहाली भएको खुशियालीमा प्रजातन्त्र दिवस मनाउन थालिएको हो । अघिल्ला वर्षसम्म सरकारले प्रजातन्त्र दिवसका दिन सार्वजनिक विदा दिँदै आएकोमा योपटक भने कटौती गरिएको छ ।

समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना सहभागी भएका थिए ।

सो अवसरमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीले विभिन्न खेल कौशल र कवाज प्रदर्शन गरेका थिए ।

६९ औं राष्ट्रिय प्रजातन्त्र दिवसमा टुँडिखेलमा आयोजित भब्य कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले अबको हाम्रो यात्रा सुशासन र विकासतर्फ भएकाले हामीले तीव्र गतिका साथ त्यसतर्फ अघि बढेको बताए ।

‘हामी विल्कुलै नयाँ प्रणाली, नयाँ परिपाटी र नयाँ संविधानको अभ्यास गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रको नवीन युगमा प्रवेश गरेका छौँ’ प्रधानमन्त्री ओलीले भने, ‘परिस्थिति बदलिएको छ, हाम्रा कामका प्राथमिकता पनि फेरिएका छन् । हाम्रो जिम्मेवारी पनि बदलिएको छ ।’

अहिले द्वन्द्व व्यवस्थापन लगभग भइसकेको, द्वन्द्व व्यवस्थापनको सन्दर्भमा नेपालले मौलिक विधि अपनाएको, आफ्ना समस्या आफैँ हल गर्नसक्ने क्षमता प्रदर्शित भएको र अहिले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिष्ठा बढेको प्रधानमन्त्री ओलीले भनाइ छ ।

लोकतन्त्रका सामु केही नकारात्मक प्रवृत्ति पनि प्रतिविम्बित भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले जारी लोकतान्त्रिक प्रक्रियामा अवरोध सिर्जना गर्ने, विकास–निर्माणमा बाधा हाल्ने, वैदेशिक लगानीकर्तालाई निरुत्साहित पार्ने जस्ता गतिविधि निन्दनीय रहेको बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...