एयर शोका क्रममा एयरक्राफ्टका दुई विमान ठोक्किए, एक जना घाईते

India  accident ind

काठमाडौँ । कर्नाटकको बेंग्लोरमा चलिरहेको भारतीय वायु सेनाको एयर शोकै क्रममा दुर्घटना भएको छ ।

यलहांका विमानस्थलमा एयर शोका क्रममा सूर्यकिरण एयरक्राफ्टका दुई विमान एक आपसमा ठोक्किएका छन् । एयरक्राप्टका दुवै पाइलट भने सकुशल भएको भारतीय सञ्चारमाध्यम आजतकले जनाएको छ ।

उनीहरुको अवस्था कस्तो छ भन्नेबारेमा भने केही बताइएको छैन । दुर्घटनाग्रस्त जहाजले लागेर एक जना नागरिक पनि घाइते भएको बताइएको छ ।

दुर्घटनापछि दुवै विमान येलहांकाको न्यू टाउन एरियामा खसेको बेंग्लोर प्रहरीले जनाएको छ ।रिहर्सलका क्रममा दुवै एयरक्राफ्ट उडान भर्ने क्रममै आकाशमा ठोक्किन पुगेका हुन् ।

औपचारिक रुपमा भारतीय वायु सेनाले भोलिदेखि ५दिवसीय एयर शो गर्दैछ । त्यसैको पूर्व सन्ध्यामा रिहर्सलका क्रममा विमान दुर्घटनामा परेको हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...