प्रहरीद्धारा लाखौं रकमसहित २ जना पक्राउ

3 jana pakrau

बुटवल । सशस्त्र प्रहरी बल नेपाल गुल्म रुपन्देहीले भारतबाट नेपाल ल्याउँदै गरेको नेपाली र भारतीय लाखौं रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ ।

रुपन्देहीको सिद्धार्थनगर १ डण्डा ईलाकामा खटिएको सशस्त्र प्रहरी निरीक्षक सुरज रिजालको कमाण्डमा खटिएको टोलीले उनीहरूलाई आइतबार साँझ पक्राउ गरेका हो ।

प्रहरीले गुल्मी रुपाकोटका ४५ वर्षीय चन्द्रकान्त पौडेलको साथबाट भारतीय र नेपाली रुपैयाँ गरी ४६ लाख ४४ हजार ३ सय ६० रुपैयाँ बरामद गरेको हो ।

त्यस्तै, भारतीय र नेपाली रुपैयाँ ओसारपसारमा संलग्न युपि ५६ टि ३०७१ नं. भारतीय टोयोटा कार र उक्त कारका चालक भारत महाराजगञ्ज नौतनवा १५ उत्तर प्रदेश बस्ने ३३ वर्षको सोमई धवललाई पनि नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय भैरहवामा बुझाइको प्रहरीले जनाएको छ ।

प्रहरीले पक्राउ परेका पौडेलको साथबाट नेपाली १ हजार रुपैयाँ दरको २ हजार ९ सय ३५ थान, ५ सय दरको २ हजार ५ सय थान गरी ४१ लाख ८५ हजार रुपैयाँ बरामद गरेको छ ।

त्यस्तै, भारतीय २ हजार दरको ४१ थान, ५ सय दरको ३ सय ४७ थान, २ सय को १२ थान, १ सयको २ सय ९१ थान र ५० को २ थान गरी भारतीय २ लाख ८७ हजार १ सय रुपैयाँ बरामद गरेको जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...