न्यायाधीश दीपकराज जोशीले बल्ल दिए राजीनामा

Dipakraj joshi

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशीले राष्ट्रपति समक्ष राजीनामा दिएका छन् । उनले प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरामार्फत मंगलबार राजीनामा दिएका हुन् ।

त्यसपछि उनी लामो समय घरबिदामा बसेका थिए । ओमप्रकाश मिश्र प्रधानन्यायाधीश नियुक्त भएपछि सर्वोच्च फर्किएका जोशीलाई कानुनमन्त्रीको मध्यस्थतामा इजलाश दिइएको थियो । तर प्रधानन्यायाधीश चोलेन्द्र समशेरले उनको जिम्मेवारी समेत खोसेका थिए । उनलाई केही सांसदहरुले महाअभियोग लगाउने तयारीसमेत गरेका थिए ।

तात्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीलाई न्यायपरिषदको सचिवले पदमुक्त गरेपछि जोशी कायम मुकायम प्रधानन्यायाधीशसमेत बनेका थिए ।

यसअघि जोशी प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिसमा परे पनि संसदीय सुनुवाइ समितिले अस्वीकृत गरेको थियो । उनको शैक्षिक योग्यतामा प्रश्न उठाइएको थियो । २०६३ को अन्तरिम संविधान जारी भएपछि व्यवस्था गरिएको संसदीय सुनुवाइबाट अस्वीकृत हुने जोशी पहिलो न्यायाधीश हुन् ।

प्रतिकृया दिनुहोस